२६ जेष्ठ २०८२, आईतवार

सुनको मुल्य तोलामा सात सयले घट्यो

 

२४ चैत,  काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य तोलाको एक लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जानाएको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी प्रतितोला तोलामा ३० रुपैयाँले बढेर १८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?