सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्वरोजगार बन्दै स्थानीय

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २४, २०८१
|
|
३२ पटक हेरिएको
Shares
झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्वरोजगार बन्दै स्थानीय

सारांश

  • एक वर्षअघि यहाँ झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीयले विभिन्न किसिमका पसलमार्फत रोजगारीका अवसर सिर्जना गर्न थालेका हुन् ।
  • यहाँ निर्मित झोलुङ्गे पुल हेर्न जिल्लाका साथै भारतबाट पनि पर्यटक आउन थालेपछि स्थानीयद्वारा सञ्चालित पसलमा व्यापार बढ्न थालेको सुस्ता(५ का वडाध्यक्ष प्रभुनाथ यादवले बताउनुभयो ।
  • “यहाँ झोलुङ्गे पुल सञ्चालनमा आएको एक वर्ष भएको छ ।

 

नवलपरासी, २४ चैतः

नवलपरासी ९बर्दघाट(सुस्ता पश्चिम० सुस्ता गाउँपालिका(५ पक्लिहवास्थित नरायणी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीय स्वरोजगार बन्दै गएका छन् । एक वर्षअघि यहाँ झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीयले विभिन्न किसिमका पसलमार्फत रोजगारीका अवसर सिर्जना गर्न थालेका हुन् । यहाँ निर्मित झोलुङ्गे पुल हेर्न जिल्लाका साथै भारतबाट पनि पर्यटक आउन थालेपछि स्थानीयद्वारा सञ्चालित पसलमा व्यापार बढ्न थालेको सुस्ता(५ का वडाध्यक्ष प्रभुनाथ यादवले बताउनुभयो ।

“यहाँ झोलुङ्गे पुल सञ्चालनमा आएको एक वर्ष भएको छ । हालसम्म होमस्टे ९घारबास० तथा व्यवस्थित सवारी पार्किङस्थल बनाउन सकेका छैनौँ । स्थानीयले स(साना पसल सञ्चालन गरी स्वरोजगार बन्दै गएका छन् । यसले स्थानीयको आर्थिकस्तर सुधार हुँदै गएको छ”, उहाँले भन्नुभयो । वडाध्यक्ष यादवले आन्तरिक तथा छिमेकीमूलुक भारतको बिहार, उत्तर प्रदेशलगायत क्षेत्रबाट र न्यून सङ्ख्यामा अन्य मुलुकबाट पर्यटक यहाँ आउन थालेका बताउनुभयो । दैनिकी एक हजार भन्दा बढी पर्यटक झोलुङ्गे पुल अवलोकन आउन थालेका जनाउँदै उहाँले स्वरोजगार बनेसँगै स्थानीयको दैनिकी फेरिन थालेको उल्लेख गर्नुभयो । सुस्तामा झोलुङ्गे पुल निर्माणपछि यो क्षेत्र थप आकर्षित हुनुका साथै पर्यटकीय गतिविधि चलायमान बन्दै गएको गाउँपालिकाका अध्यक्ष टेकनाराण उपाध्यायले बताउनुभयो ।  हाल स(साना पसल सञ्चालनमार्फत स्थानीयले आम्दानी गरिरहेकाले आगामी दिनमा घरबास सञ्चालन गरी पर्यटकलाई बस्न, खान सहज व्यवस्थापनसहित रोजगारीका नयाँ अवसर सिर्जना गर्ने योजना पालिकाले बनाएको उहाँको भनाइ छ ।

पश्चिम नवलपरासी तराई–मधेस क्षेत्रमा पर्ने भएकाले भारतबाट नेपाल आउने पर्यटकका लागि यो आकर्षक गन्तव्य बन्न सक्ने अध्यक्ष उपाध्यायले धारणा राख्नुभयो । पुलको पूर्व र पश्चिमतर्फ मिठाइका परिकार, खाजा तथा चिया पसल, नदीबाट माछा मारेर ताजा परिकार पकाउने स्टल, व्यवस्थित सवारी पार्किङलगायत व्यवस्था गरेर रोजगारीका अवसर थप्दै जाने उहाँले बताउनुभयो । “झोलुङ्गे पुल निर्माण भएपछि सुस्तासहित आसपासका स्थानीय मोटरसाइकलबाट सहजै नरायणी नदी भएर आवागमन गर्न पाएपछि खुसी भएका छन् । पुल हेर्न आउने पर्यटकको सङ्ख्या पनि वृद्धि हुँदै गएको छ”, प्रतापपुर गाउँपालिकाका स्थानीय खुरसेद हजामले भन्नुभयो । एक वर्षअघि रु २३ करोड ६५ लाख ९८ हजार ८०७ लागतमा एक हजार ५७१ मिटर लामो उक्त पुल निर्माण भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा यी क्षेत्रमा सवारी जामको सम्भावना, यात्रु गर्नु पहिले यसरी लिनुहोस् ट्राफिक अपडेट
काठमाडौंमा यी क्षेत्रमा सवारी जामको सम्भावना, यात्रु गर्नु पहिले यसरी लिनुहोस् ट्राफिक अपडेट
२६२ किलो गाँजासहित विराटनगरबाट ३ जना पक्राउ
२६२ किलो गाँजासहित विराटनगरबाट ३ जना पक्राउ
राष्ट्रिय टोलीका लागि इशानको लगातार दोस्रो अर्धशतक
राष्ट्रिय टोलीका लागि इशानको लगातार दोस्रो अर्धशतक
राप्रपाको प्रदर्शन : बाहिरी व्यक्तिलाई घरमाथि जान नदिन आग्रह
राप्रपाको प्रदर्शन : बाहिरी व्यक्तिलाई घरमाथि जान नदिन आग्रह
भेनेजुएला भूकम्प : मृ*तकको संख्या १८८ पुग्यो
भेनेजुएला भूकम्प : मृ*तकको संख्या १८८ पुग्यो
जाजरकोटमा शक्तिशाली परकम्पले घरहरु भत्किए, केही व्यक्ति घाइते
जाजरकोटमा शक्तिशाली परकम्पले घरहरु भत्किए, केही व्यक्ति घाइते
एमाले महाधिवेशनमा अध्यक्ष ओलीले लिए पद तथा गोपनियताको सपथ
एमाले महाधिवेशनमा अध्यक्ष ओलीले लिए पद तथा गोपनियताको सपथ
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नु पर्ला : सांसद चौधरी
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नु पर्ला : सांसद चौधरी
गृह मन्त्रालयका सहसचिव अख्तियारको फन्दामा
गृह मन्त्रालयका सहसचिव अख्तियारको फन्दामा
प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी घिमिरेलाई
प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी घिमिरेलाई