सर्वोच्चको आदेशपछि कालीगण्डकीमा उत्खनन सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २४, २०८१
|
|
२५ पटक हेरिएको
Shares
सर्वोच्चको आदेशपछि कालीगण्डकीमा उत्खनन सुरु

सारांश

  • कालीगण्डकी नदी उत्खननका विषयमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि उत्खनन सुरु भएको छ ।
  • सर्वोच्च अदालतले विसं २०७८ असार २९ गते अन्तरिम आदेश जारी गर्दै नदी उत्खननसम्बन्धी सम्पूर्ण कार्य रोक्न आदेश दिएपछि चार वर्षदेखि रोकिएको उत्खनन पुनःसुरु भएको हो ।
  • गत कात्तिक ११ गते सर्वोच्च अदालतका न्यायाधीश डा.

२४ चैत,  पर्वत ।

कालीगण्डकी नदी उत्खननका विषयमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि उत्खनन सुरु भएको छ । सर्वोच्च अदालतले विसं २०७८ असार २९ गते अन्तरिम आदेश जारी गर्दै नदी उत्खननसम्बन्धी सम्पूर्ण कार्य रोक्न आदेश दिएपछि चार वर्षदेखि रोकिएको उत्खनन पुनःसुरु भएको हो । गत कात्तिक ११ गते सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुँडाल र विनोद शर्माको इजलासले उक्त रिट खारेज गरेको थियो ।

सर्वोच्च अदालतमा म्याग्दी, पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा र तनहुँ भएर बग्ने कालीगण्डकी नदी प्रवाहित क्षेत्रमा विभिन्न स्थानीय तहमा नदीजन्य पदार्थको अवैध चोरी निकासी भएको र नदी दोहन भएको भनी रिट परेको थियो । उक्त रिटउपर खारेजीको आदेश आएपछि पर्वतको जलजला गाउँपालिकाले उत्खननका लागि ठेक्का आह्वान गरेको छ । गाउँपालिकाले गत फागुन २० गते सूचना प्रकाशन गरी पालिकाभित्र पर्ने कालीगण्डकी नदीको घाटगद्दि गरिएका नौ स्थानबाट उत्खनन गर्नका लागि बोलपत्र खोलेर विभिन्न व्यक्ति तथा कम्पनीलाई जिम्मेवारी दिएको छ । रु एक करोड ७७ लाख बराबरको ठेक्का आह्वान गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार अदालतको आदेशपछि चार वर्षसम्म रोकिएको उत्खनन प्रक्रिया अहिले सुरु भएको हो ।

सर्वोच्चको आदेशपछि पर्वतको कुश्मा नगरपालिका र जलजला गाउँपालिकाले तीन वर्षदेखि नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का आह्वान गर्न पाएका थिएनन् । नदीजन्य पदार्थको बिक्री वितरणबाट हुने आम्दानी रोकिएको भन्दै जलजला गाउँपालिकाले अन्तिम फैसलाका लागि मुद्दालाई प्राथमिकतामा राखेर मुद्दाको किनारा लगाउन पटकपटक अनुरोधसमेत गर्दै आएको थियो । कालीगण्डकी नदीमा अवैध तरिकाले उत्खनन हुने गरेका घटना बढेपछि सरोकारवालाहरुले यसको रोकथामका लागि सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । रिट खारेजीको आदेशपछि पनि पवित्र कालीगण्डकी नदिको संरक्षण, शालग्राम शिलाको अवैध चोरी निकासी हुन नदिका लागि जिल्ला अनुगमन समितिलाई संरक्षण र अनुगमनका लागि सक्रियता देखाउन भनिएको छ ।

पालिकाले ठेक्का आब्हान नगरे पनि अवैध रुपमा नदी उत्खनन हुने कार्य भने भइरहेको थियो । ठेक्का आह्वानपछि अब व्यवस्थित रुपमा नदीजन्य वस्तुको उत्खनन् र बिक्रीवितरण हुने तथा यसले पालिकाको आम्दानीसमेत वृद्धि हुने जलजलाका अध्यक्ष आचार्यले बताए । यसले पालिकाको विकास निर्माणमा टेवा पुग्ने उनको भनाइ छ । कुश्मा नगरपालिकाले भने अहिलेसम्म नदीजन्य वस्तु उत्खननमा चासो दिएको छैन । पालिकाले ठेक्का नलगाउँदा अवैध उत्खनन तथा चोरीनिकासी भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा राजतन्त्र फर्काउने भारतको कुनै चासो छैन : देउवा
नेपालमा राजतन्त्र फर्काउने भारतको कुनै चासो छैन : देउवा
सिरहाका मृ*तक किशोरका परिवारलाई भेट्न गृहमन्त्री मध्यरातमै पुगे
सिरहाका मृ*तक किशोरका परिवारलाई भेट्न गृहमन्त्री मध्यरातमै पुगे
युक्रेनको सीमाछेउ पुल भत्किँदा रुसमा सात जनाको मृ*त्यु, दर्जनौँ घाइते
युक्रेनको सीमाछेउ पुल भत्किँदा रुसमा सात जनाको मृ*त्यु, दर्जनौँ घाइते
संघीय निजामती विधेयकबारे प्रचण्ड– समितिमा सहमति भएका विधेयकमा छेडखानी नहोस्
संघीय निजामती विधेयकबारे प्रचण्ड– समितिमा सहमति भएका विधेयकमा छेडखानी नहोस्
सोह्रश्राद्धको आज अन्तिम दिन, पितृपक्ष समापन हुँदै
सोह्रश्राद्धको आज अन्तिम दिन, पितृपक्ष समापन हुँदै
धरहरा चढ्न अब अनलाइनबाटै टिकट काट्न सकिने
धरहरा चढ्न अब अनलाइनबाटै टिकट काट्न सकिने
मन्त्रालयबाट निस्किए शिक्षक, पदपूर्ति ६०/४० मा भएन सहमति
मन्त्रालयबाट निस्किए शिक्षक, पदपूर्ति ६०/४० मा भएन सहमति
टी-२० विश्वकपमा पुगेको नेपाली टोलीलाई ५० लाख दिने क्यानको घोषणा
टी-२० विश्वकपमा पुगेको नेपाली टोलीलाई ५० लाख दिने क्यानको घोषणा
बागबजारमा युवतीको ह*त्या, पूर्व सैनिक पक्राउ
बागबजारमा युवतीको ह*त्या, पूर्व सैनिक पक्राउ
राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन
राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन