सिद्धेश्वर माविका पाँच सय विद्यार्थी र शिक्षकलाई पोसाक वितरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
८२ पटक हेरिएको
Shares
सिद्धेश्वर माविका पाँच सय विद्यार्थी र शिक्षकलाई पोसाक वितरण

सारांश

  • ‘कृष्णलक्ष्मी, लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान’ले यहाँका पाँच सय विद्यार्थी र शिक्षकलाई पोसाक वितरण गरेको हो ।
  • विद्यालयको ७७औँ वार्षिकोत्सव तथा आफ्ना पिता स्वर्गीय माधवप्रसाद श्रेष्ठको स्मृतिका अवसरमा बिहीबार विद्यालयका सम्पूर्ण विद्यार्थी र शिक्षकलाई पोसाक (ट्र्याक सुट) वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिनुभयो ।
  • मातृभूमिको सेवा तथा सामाजिक कार्य गर्ने लक्ष्यसहित स्थापित प्रतिष्ठानले विभिन्न समयमा सहयोगका कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो ।

भोजपुर, २२ चैत :

भोजपुर नगरपालिका–४ दावामा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकलाई पोसाक वितरण गरिएको छ । ‘कृष्णलक्ष्मी, लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान’ले यहाँका पाँच सय विद्यार्थी र शिक्षकलाई पोसाक वितरण गरेको हो । विद्यालयको ७७औँ वार्षिकोत्सव तथा आफ्ना पिता स्वर्गीय माधवप्रसाद श्रेष्ठको स्मृतिका अवसरमा बिहीबार विद्यालयका सम्पूर्ण विद्यार्थी र शिक्षकलाई पोसाक (ट्र्याक सुट) वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिनुभयो ।

मातृभूमिको सेवा तथा सामाजिक कार्य गर्ने लक्ष्यसहित स्थापित प्रतिष्ठानले विभिन्न समयमा सहयोगका कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो । “मेरो बुवाले पनि यही विद्यालयमा पढ्नु भएको हो । स्वार्गीय बुवाको समाज सेवाको भावनालाई निरन्तरता दिन हामी तीन दाजुभाइ (रोशन श्रेष्ठ, क्याप्टेन रमेश श्रेष्ठ र रविन श्रेष्ठ)ले विद्यार्थीलाई पोसाक वितरण गरेका हौँ”, श्रेष्ठले भन्नुभयो । एकरुपतासँगै पठनपाठनमा सहजता होस् भन्ने उद्देश्यले आवश्यक पोसाक वितरण गरिएको क्याप्टेन रमेश श्रेष्ठले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक सुवासचन्द्र दाहालले पोसाक वितरणले विद्यार्थीमा एकरुपता र पठनपाठनमा सहजता थप्ने विश्वास व्यक्त गर्नुभयो । निःशुल्क रुपमा पोसाक पाउँदा विद्यार्थी उत्साहित भएका र कतिपय आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई समेत यसले लाभ पुगेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै जेनजीहरुको आन्दोलन सुरु
प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै जेनजीहरुको आन्दोलन सुरु
आइपिएलमा आज मुम्बई र रोयल च्यालेन्जर्स भिड्दै
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै
सहीद परिवारले भोली मुख्यमन्त्री कार्यालय घेराउ गर्ने
सहीद परिवारले भोली मुख्यमन्त्री कार्यालय घेराउ गर्ने
डिजिटल अधिकारमा एकपक्षीय नीति नै मुख्य चुनौती : तारानाथ दाहाल
डिजिटल अधिकारमा एकपक्षीय नीति नै मुख्य चुनौती : तारानाथ दाहाल
मधेशका नवनियुक्त शिक्षामन्त्री सिंहको प्राथमिकता : शैक्षिक गुणस्तर सुधार, साक्षरता दर वृद्धि
मधेशका नवनियुक्त शिक्षामन्त्री सिंहको प्राथमिकता : शैक्षिक गुणस्तर सुधार, साक्षरता दर वृद्धि
विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक छ : गृहमन्त्री लेखक
विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक छ : गृहमन्त्री लेखक
सर्वोच्च अदालत आगामी साताबाट आंशिक रुपले चल्ने
सर्वोच्च अदालत आगामी साताबाट आंशिक रुपले चल्ने
जागिरको प्रलोभन देखाउँदै नर्ससंग यौन प्रस्ताव
जागिरको प्रलोभन देखाउँदै नर्ससंग यौन प्रस्ताव
फेरि बढ्यो सार्वजनिक यातायात भाडा
फेरि बढ्यो सार्वजनिक यातायात भाडा