Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अमेरिकी डलर र युरोको भाउ थोरै बढ्यो, अरुको कति ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २१, २०८१
|
|
५३ पटक हेरिएको
Shares
अमेरिकी डलर र युरोको भाउ थोरै बढ्यो, अरुको कति ?

सारांश

  • नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
  • जसअनुसार आज अमेरिकी डलरको मूल्य थोरै बढेको छ भने युरोको मूल्यमा गिरावट  आएको छ ।
  • केन्द्रीय बैं‌कका अनुसार  आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ५० पैसा र बिक्रीदर १३७ रूपैयाँ १० पैसा कायम भएको छ ।

 

२१ चैत, काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य थोरै बढेको छ भने युरोको मूल्यमा गिरावट  आएको छ । केन्द्रीय बैं‌कका अनुसार  आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ५० पैसा र बिक्रीदर १३७ रूपैयाँ १० पैसा कायम भएको छ ।  बुधबार एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा थियो ।

आज युरोपियन युरो एकको खरिददर १४७ रूपैयाँ ४१ पैसा र बिक्रीदर १४८ रूपैयाँ ०५ पैसा रहेको छ । बुधबार युरो एकको खरिदर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८५ पैसा रहेको थियो । आज युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रूपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रूपैयाँ ४३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ४२ पैसा र बिक्रीदर १५५ रूपैयाँ १० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ३० पैसा र बिक्रीदर ९५ रूपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रूपैयाँ ६३ पैसा र बिक्रीदर १०२ रूपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ १५ पैसा र बिक्रीदर नौ रूपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७८ पैसा र बिक्रीदर १८ रूपैयाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६१ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९९ पैसा र बिक्रीदर चार रूपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ६५ पैसा र बिक्रीदर ३० रूपैयाँ ७८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ३३ पैसा र बिक्रीदर नौ रूपैयाँ ३७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ७० पैसा र बिक्रीदर १३ रूपैयाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ७६ पैसा र बिक्रीदर १९ रूपैयाँ ८५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५४ पैसा र बिक्रीदर १७ रूपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रूपैयाँ ६९ पैसा र बिक्रीदर ४४४ रूपैयाँ ६४ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३५६ रूपैयाँ १३ पैसा तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा कायम भएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीको अनुमति
रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीको अनुमति
विराटनगरमा एक हजार रुपैयाँ नदिएको निहुँमा भाउजूमाथि एसिड प्रहार
विराटनगरमा एक हजार रुपैयाँ नदिएको निहुँमा भाउजूमाथि एसिड प्रहार
प्रधानमन्त्री ओलीको दाबी – हाम्रो आग्रहपछि भारत र पाकिस्तानबीचको युद्ध रोकियो
प्रधानमन्त्री ओलीको दाबी – हाम्रो आग्रहपछि भारत र पाकिस्तानबीचको युद्ध रोकियो
गगन थापाले भने : सरकारको कामको गति पुगेन
गगन थापाले भने : सरकारको कामको गति पुगेन
महानगरपालिकाको ४८ औँ कार्यपालिका बैठक सम्पन्न  विविधसहित २७ वटा विषयमा छलफल
महानगरपालिकाको ४८ औँ कार्यपालिका बैठक सम्पन्न  विविधसहित २७ वटा विषयमा छलफल
अहमदाबाद विमान दुर्घटना स्थल पुगे प्रधानमन्त्री मोदी
अहमदाबाद विमान दुर्घटना स्थल पुगे प्रधानमन्त्री मोदी
मधेशका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश- दीर्घकालीन प्रभाव पार्ने कुनै काम नगर्नू
मधेशका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश- दीर्घकालीन प्रभाव पार्ने कुनै काम नगर्नू
भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छ : ज्ञवाली
भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छ : ज्ञवाली
रवि लामिछानेलाई थुनामै पठाउने आदेश
रवि लामिछानेलाई थुनामै पठाउने आदेश
अपडेट : चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृ*त्यु, १८ जना घाइते
अपडेट : चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृ*त्यु, १८ जना घाइते