एकनाले भरुवा बन्दुकसहित धनकुटामा दुई जना पक्राउ

धनकुटाको साँगुरीगढी गाउँपालिका-८ सिन्कुलाबाट एकनाले भरुवा बन्दुक एक थानसहित २ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३२ वर्षीय तेजकुमार विक र ३८ वर्षीय मानभा राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले ढुंग्रेबाट सिन्कुलातर्फ आउँदै गरेको प्र.१-०२-०४७ प १८८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।




Post Comment