आइतबार प्रतिनिधिसभा बैठक बस्ने, यस्ता छन् कार्यसूची
१६ चैत, काठमाडौँ ।
आइतबार सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । पाँचौँ अधिवेशन अन्तर्गत २४ औँ बैठक बिहान ११ बजे बस्ने भएको हो । सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेका अनुसार बैठकको दैनिक सम्भावित कार्यसूचीमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलश्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment