२६ जेष्ठ २०८२, आईतवार

त्रिभुवन विमानस्थलमा हवाई उडान सुचारु

 

१५ चैत, काठमाडौं ।

विमानस्थल क्षेत्र आसपास राजावादी प्रदर्शनकारीले लगाएको आगोका कारण अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सुचारु भएको छ । यद्यपि, विमानस्थलमा उडान/अवतरण व्यवस्थापन भने चापमा भइरहेको विमानस्थल स्रोतले जनाएको छ । आन्तरिक तथा वाह्य उडानका जहाजले केही फन्को मारेपछि मात्र अवतरणको पालो पाइरहेका छन् ।

शुक्रबार साँझ झन्डै एक घण्टा उडान अवरुद्ध भएको थियो । हवाई यात्रुलाई सुरक्षाकर्मीले परिचय पत्र र टिकटका आधारमा विमानस्थल जान सहजीकरण गरिरहेका छन् । प्रदर्शनकारीले विमानस्ल क्षेत्र आसपास आगो लगाएपछि सुरक्षाको कारण देखाउँदै एक घण्टा २४ मिनेट (दिउँसो ४:१३ बाट साँझ ५:३७ बजेसम्म) उडान रोकिएको थियो । प्रदर्शनकारीले प्राधिकरणको मुख्य कार्यालय सिनामंगल अगाडि आगो बालेका थिए । आगो विमानस्थल क्षेत्रभित्र समेत पसेसँगै सुरक्षाका कारण विमानस्थल बन्द गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment