तीनकुने झडपमा दुई प्रहरीसहित पाँच घाइते

१५ चैत, काठमाडौं ।
राजावादीहरूको प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा पाँचजना घाइते भएका छन् । घाइते हुनेमा दुई प्रहरी तीन प्रदर्शनकारी रहेको बताइएको छ । उनीहरूको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।राजावादीहरू प्रहरीेको घेरा तोडेर निषेधित क्षेत्रतर्फ प्रवेश गर्न खोजेपछि झडप उत्पन्न भएको हो ।

त्यसक्रममा प्रहरीले सुरुमा लाठी प्रहार गरेको थियो भने राजावादीहरू नरोकिएपछि अश्रुग्यास प्रहार गरेको थियो । राजावादीहरूले कार्यक्रम आयोजना गर्न बनाइएको मञ्चतर्फ लक्षित गर्दै प्रहरीले अश्रुग्यास प्रहार गरेपछि मञ्चमा रहेका नेताहरू समेत तितरबितर भएका थिए ।




Post Comment