प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १४, २०८०
|
|
३८ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
  • बैठक दिउँसो १२ः३० बजे बोलाइएको हो ।
  • बैठकमा सुन तस्करी छानबिन आयोगको कार्यादेश लगायतका विषयमा छलफल हुने स्रोतले बतायो ।

१४ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक दिउँसो १२ः३० बजे बोलाइएको हो ।

बैठकमा सुन तस्करी छानबिन आयोगको कार्यादेश लगायतका विषयमा छलफल हुने स्रोतले बतायो । आज बिहान बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसहितको बैठकमा सुन तस्करी छानबिन आयोगको कार्यादेशमा सहमति जुटेको थियो । मन्त्रिपरिषद बैठकमा चाडबाडको मुखमा सरकारले अचाक्ली मूल्यवृद्धि गरेको भन्दै आलोचना भइरहेको विषयमा पनि छलफल हुनसक्ने बताइएको छ । आयल निगमले गएरातिदेखि लागू हुने गरी स्वचालित मूल्य प्रणालीको आधारमा खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २३५ रुपैयाँले, डिजेल–मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य बढाएको छ ।

प्रधानमन्त्रीको सचिवालयबाट जारी प्रेस नोटमा लेखिएको छ, ‘नेपाली जनताको कमजोर क्रयशक्ति, चाडबाड मुखैमा आएको अवस्थालाई ख्याल गर्दै सम्बन्धित निकायले सरकारको राजनैतिक नेतृत्वसँग परामर्श गरेर मात्र निर्णय गरिनुपर्नेमा त्यो नभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण भएको छ । यो विषयमा सम्बन्धित जिम्मेवार निकायलाई बोलाई छलफल गरी १२ः३० मा आकस्मिक मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बीमा प्राधिकरण अध्यक्ष ओझाले लिए शपथ
बीमा प्राधिकरण अध्यक्ष ओझाले लिए शपथ
डीएलएद्वारा नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ
डीएलएद्वारा नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ
प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन : मन्त्री सिंह
प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन : मन्त्री सिंह
कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ
इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ
व्यक्तिको खातामा सरकारले खर्च गर् भनेर पैसा पठाएमात्रै अर्थतन्त्र चलायमान हुन्छः पूर्वगभर्नर नेपाल
व्यक्तिको खातामा सरकारले खर्च गर् भनेर पैसा पठाएमात्रै अर्थतन्त्र चलायमान हुन्छः पूर्वगभर्नर नेपाल
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
बालेनले भने- हिन्दू राष्ट्र र राजा ल्याउने पक्षमा छैनौँ
बालेनले भने- हिन्दू राष्ट्र र राजा ल्याउने पक्षमा छैनौँ
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
राजावादी प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जना प्रहरी नियन्त्रणमा
राजावादी प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जना प्रहरी नियन्त्रणमा