२६ जेष्ठ २०८२, आईतवार

राजावादीहरूलाई रिङरोडबाट भित्र छिर्न नदिन बानेश्वर-तीनकुने सडकमा प्रहरीले लगायो बार

 

१५ चैत,  काठमाडौं ।

काठमाडौं मा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र राजावादीहरूले छुट्टाछुट्टै प्रदर्शन गर्दै छन् । समाजवादी मोर्चा र राजावादीहरूको सभा सुरु नहुँदै काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ । गणतन्त्रवादीहरूले भृकुटीमण्डप र राजावादीहरूले तीनकुनेमा सभा गर्दै छन् ।

राजावादीहरूको प्रदर्शनमा सहभागीहरूलाई तीनकुने रिङरोडबाट भित्र छिर्न नदिन प्रहरीले बानेश्वर-तीनकुने सडकमा बार लगाएको छ ।राजावादीहरूकाे समूहलाई रिङरोडभित्र छिर्न नदिन बानेश्वर-तीनकुने सडकको प्रमुख लेनमा पुलिसको बार लगाइएको हो ।  सर्वसाधारण नागरिकलाई भने निर्वाध रूपमा दायाँबायाँको लेनमा हिँड्न दिइएको छ । प्रहरीले शंकास्पदहरूमाथि चेकजाँच पनि गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment