संविधानसभाबाट बनेको संविधान हट्नेवाला छैनः सभापति देउवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १४, २०८१
|
|
१९ पटक हेरिएको
Shares
संविधानसभाबाट बनेको संविधान हट्नेवाला छैनः सभापति देउवा

सारांश

  •  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान संविधान जनताको चाहना बमोजिम बनेकाले यसको सफल कार्यान्वयनमा जोड दिनुभएको छ ।
  • नेपाली कांग्रेसको मानव अधिकार विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘मानवअधिकारप्रति नेपाली कांग्रेसको प्रतिबद्धता, व्यवहार र वास्तविकता’ विषयक कार्यक्रममा सभापति देउवाले संविधानले सम्पूर्ण नागरिकलाई समेटेको उल्लेख गर्दै यसको कार्यान्वयन महत्वपूर्ण भएको बताउनुभयो ।
  • “देशमा प्राप्त संविधानअनुसार राज्यको सबै तहमा समावेशी, समानुपातिक प्रतिनिधित्व भएको छ, यो सम्पूर्ण नेपाली जनताले संविधानसभामार्फत जनताको इच्छाअनुसार गणतन्त्र आएको हो, यो हट्नेवाला छैन, हट्ने कुरा पनि छैन”, उहाँले भन्नुभयो ।

 

१४ चैतः पाटन ।

 नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान संविधान जनताको चाहना बमोजिम बनेकाले यसको सफल कार्यान्वयनमा जोड दिनुभएको छ । नेपाली कांग्रेसको मानव अधिकार विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘मानवअधिकारप्रति नेपाली कांग्रेसको प्रतिबद्धता, व्यवहार र वास्तविकता’ विषयक कार्यक्रममा सभापति देउवाले संविधानले सम्पूर्ण नागरिकलाई समेटेको उल्लेख गर्दै यसको कार्यान्वयन महत्वपूर्ण भएको बताउनुभयो ।


“देशमा प्राप्त संविधानअनुसार राज्यको सबै तहमा समावेशी, समानुपातिक प्रतिनिधित्व भएको छ, यो सम्पूर्ण नेपाली जनताले संविधानसभामार्फत जनताको इच्छाअनुसार गणतन्त्र आएको हो, यो हट्नेवाला छैन, हट्ने कुरा पनि छैन”, उहाँले भन्नुभयो । सभापति देउवाले राजतन्त्र पुनःस्थापित हुने विषय असम्भव भएको बताउनुभयो । “प्रजातन्त्र कुनै हालतमा पनि हट्न सक्दैन, लोकतन्त्र र गणतन्त्रलाई स्थायी गराउने काममा लाग्नु जरुरी छ, बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत हामी सबैले यो व्यवस्था ल्याएका हौँ”, उहाँले भन्नुभयो ।


नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले संविधानअनुसार प्राप्त अभिव्यक्तिको स्वतन्त्रताको उपयोग गर्दै अरूको अधिकारको हनन नहुने गरी सबै किसिमका अधिकतम सदुपयोग गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले मानवअधिकारप्रति नेपाली कांग्रेसको प्रतिबद्धता, व्यवहार र वास्तविकता विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले नेपाली कांग्रेसले स्थापनादेखि नै मानवअधिकारका पक्षमा काम गर्दै आएको उल्लेख गर्नुभयो । कांग्रेसले नै जनतालाई रैतीबाट जनतामा परिणत गरेको बताउँदै कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको २०४७ संविधानमा स्वतन्त्रतासम्बन्धी हक कायम भएको र

अघिल्लो संविधानमा भएको मृत्युदण्ड दिने व्यवस्था हटाएर मानवअधिकार संरक्षणका पक्षमा उत्कृष्ट काम गरेको उहाँले धारणा राख्नुभयो ।
विभागका प्रमुख एवं केन्द्रीय सदस्य धना खतिवडाले मानवअधिकार र लोकतन्त्रविना समाज समृद्ध बन्न सक्दैन भन्दै समाजमा आज पनि कायम रहेको हिंसा, असमानता हटाउनका लागि क्रियाशील भएर लाग्नुपर्ने अवस्था रहेकामा जोड दिनुभयो । उहाँले समाजमा भएका मानवअधिकार उल्लङ्घनका घटनाहरूको चर्चा गर्दै मानवअधिकार हननका घटनामा परेर पीडितलाई क्षतिपूर्तिको व्यवस्थामा ध्यान दिनुपर्नेमा ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउतीबज्यै मन्दिरका पुजारी मृत फेला
देउतीबज्यै मन्दिरका पुजारी मृत फेला
विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन शाह समेटिए
विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन शाह समेटिए
बागमती प्रदेशसभाः बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ
बागमती प्रदेशसभाः बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ
सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्‌मा दर्ता : एक करोड रुपैयाँसम्म जरिवाना प्रस्ताव
सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्‌मा दर्ता : एक करोड रुपैयाँसम्म जरिवाना प्रस्ताव
एनपीएल : पहिलो चौका विराटनगर किङ्सका बमको नाममा दर्ता
एनपीएल : पहिलो चौका विराटनगर किङ्सका बमको नाममा दर्ता
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
आजको मौसमःयी स्थानमा भारी वर्षाको सम्भावना
आजको मौसमःयी स्थानमा भारी वर्षाको सम्भावना
रास्वपाको प्रश्न : एमालेले मात्रै कुलिङ पिरियड चाहिँदैन भन्नुको कारण के हो ?
रास्वपाको प्रश्न : एमालेले मात्रै कुलिङ पिरियड चाहिँदैन भन्नुको कारण के हो ?
महिला टोली विश्वकपमा छनोट हुनेमा आशावादी छु : मुख्य प्रशिक्षक पाठक
महिला टोली विश्वकपमा छनोट हुनेमा आशावादी छु : मुख्य प्रशिक्षक पाठक
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?