शिक्षा ऐनका लागि आन्दोलन थप सशक्त हुन्छ, सरकारलाई घुँडा टेकाउँछौं : कुमार बजगाईँ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १४, २०८१
|
|
१२ पटक हेरिएको
Shares
शिक्षा ऐनका लागि आन्दोलन थप सशक्त हुन्छ, सरकारलाई घुँडा टेकाउँछौं : कुमार बजगाईँ

सारांश

  • भोलि चैत १५ गते सकिने अनशनमा महासंघमा आबद्ध सम्बद्ध घटका अध्यक्ष तथा पदाधिकारीहरू सहभागी छन्।
  • अनशन बसेका गोरखनाथ माध्यमिक विद्यालय कीर्तिपुरका प्रधानाध्यापक, नेपाल राहत शिक्षक संघ, केन्द्रीय समितिका सहसंरक्षक तथा निवर्तमान महासचिव कुमार बजगाईँले सरकारले विद्यालय, शिक्षक, कर्मचारीमैत्री अग्रगामी शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने बताए।
  • नेपाल शिक्षक महासंघको केन्द्रीय सदस्यसमेत रहेका उनले भने, ‘राज्यले अविलम्ब ऐन जारी गर्नेमा हामी आशावादी छौँ।

 

१४ चैत, काठमाडौँ-

अविलम्ब शिक्षा ऐन माग गर्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा दिएको रिले अनशन आज आठौं दिन पुगेको छ। भोलि चैत १५ गते सकिने अनशनमा महासंघमा आबद्ध सम्बद्ध घटका अध्यक्ष तथा पदाधिकारीहरू सहभागी छन्। अनशन बसेका गोरखनाथ माध्यमिक विद्यालय कीर्तिपुरका प्रधानाध्यापक, नेपाल राहत शिक्षक संघ, केन्द्रीय समितिका सहसंरक्षक तथा निवर्तमान महासचिव कुमार बजगाईँले सरकारले विद्यालय, शिक्षक, कर्मचारीमैत्री अग्रगामी शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने बताए।

नेपाल शिक्षक महासंघको केन्द्रीय सदस्यसमेत रहेका उनले भने, ‘राज्यले अविलम्ब ऐन जारी गर्नेमा हामी आशावादी छौँ। राज्यले गर्नु पनि पर्छ । राज्यले ऐन ल्याएन, अस्थायी, स्थायी, बालविकास, कर्मचारी कुनै पनि शिक्षक कर्मचारीका जायज माग सम्बोधन भएन भने हाम्रो आन्दोलन थप सशक्त हुन्छ। सरकारलाई घुँडा टेकाउँछाैं।’ महासंघले आन्दोलनका लागि देशभरका चार लाख शिक्षक तथा कर्मचारीलाई बुधबार (चैत २० गते) काठमाडौँ आउन आह्वान गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?