प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सारियाे

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १४, २०८१
|
|
३५ पटक हेरिएको
Shares
प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सारियाे

सारांश

  • संघीय संसदअन्तर्गत आज बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो २ बजेका लागि सारिएको छ ।
  • सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गरेपछि बैठक २ बजे बस्ने तय भएको हो ।
  • कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयलाई प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राख्दै सबै विपक्षी दलहरूले विरोध जनाएपछि बुधबार बैठक स्थगित भएको थियो ।

१४ चैत, काठमाडौं ।

संघीय संसदअन्तर्गत आज बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो २ बजेका लागि सारिएको छ । सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गरेपछि बैठक २ बजे बस्ने तय भएको हो । कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयलाई प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राख्दै सबै विपक्षी दलहरूले विरोध जनाएपछि बुधबार बैठक स्थगित भएको थियो ।

उनीहरुले प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान राखेका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा अर्थ मन्त्रालय , गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ। त्यस्तै, ‘बैंकिङ् कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ। बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले लोक सेवा आयोगको पैँसट्ठीऔं वार्षिक प्रतिवेदन (२०८० श्रावण २०८१ आषाढ) पेश गर्नेछन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथी विचार गरियोस्’ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथी विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट
अपडेट : चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृ*त्यु, १८ जना घाइते
अपडेट : चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृ*त्यु, १८ जना घाइते
त्रिभुवन विमानस्थलमा राखियो एईडी उपकरण, हृदयघात हुँदा तुरुन्तै प्रयोग गर्न सकिने
त्रिभुवन विमानस्थलमा राखियो एईडी उपकरण, हृदयघात हुँदा तुरुन्तै प्रयोग गर्न सकिने
वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा
वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा
देश र व्यवस्थाका लागि महाधिवेशनभन्दा निर्वाचन महत्वपूर्ण: निधि
देश र व्यवस्थाका लागि महाधिवेशनभन्दा निर्वाचन महत्वपूर्ण: निधि
यस्तो हुन्न के ‘राइट टु रिकल’ !
यस्तो हुन्न के ‘राइट टु रिकल’ !
इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री आफैं जाने
इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री आफैं जाने
बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो
बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो
‘लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : मन्त्री लेखक
‘लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : मन्त्री लेखक
पाकिस्तानी हवाई आक्रमणबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृ*त्यु
पाकिस्तानी हवाई आक्रमणबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृ*त्यु