रामपुरमा आगलागी, पाँच घर–गोठ जले
१३ चैत, रामेछाप ।
रामेछापको रामेछाप नगरपालिका– ५ रामपुरमा आगलागी हुँदा पाँचवटा घर–गोठ जलेका छन् । बस्ती नजिकै जंगलमा लगाइएको आगो रामपुरको ठिङग्रे, चुकिया र स्वाङग्रा गाउँमा पसेपछि आगलागी भएको हो । आगलागीबाट दुईवटा घर र तीनवटा गोठ जलेका वडाध्यक्ष हरिश्चन्द्र श्रेष्ठले जानकारी दिए ।
मंगलबारबाट लागेको आगो बस्तीमा पसेको थियो । आगलागीबाट मानवीय क्षति नभए पनि पाँचवटा खसी–बाख्रा, घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा नगद धनमाल जलेर नष्ट भएको छ । आगो नियन्त्रणमा आउन नसक्दा अझै केही घर आगलागीको उच्च जोखिममा छन् । आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment