उत्यकाका आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको मतपरिमाण सार्वजनिक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र ६, २०८१
|
|
९१ पटक हेरिएको
Shares
उत्यकाका आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको मतपरिमाण सार्वजनिक

सारांश

  • त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिमाण सार्वजनिक भएको छ ।
  • नेपाल कमर्स क्याम्पस र महेन्द्ररत्न क्याम्पस ताहचलमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् ।
  • कमर्स क्याम्पसमा विशाल रोकाहा र महेन्द्ररत्नमा ईश्वर थापा अध्यक्षमा निर्वाचित भएका अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले जानकारी दिनुभयो ।

६ चैत, काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिमाण सार्वजनिक भएको छ । नेपाल कमर्स क्याम्पस र महेन्द्ररत्न क्याम्पस ताहचलमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । कमर्स क्याम्पसमा विशाल रोकाहा र महेन्द्ररत्नमा ईश्वर थापा अध्यक्षमा निर्वाचित भएका अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले जानकारी दिनुभयो ।

यस्तै, थापाथली इन्जिनियरिङ र महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका उम्मेदवार विजयी भएका छन् । थापाथलीमा प्रल्हाद खड्का र महाराजगञ्जमा विन्दु पोखरेल अध्यक्षमा निर्वाचित हुनुभएको नेविसङ्घका प्रवक्ता सुरज सेजुवालले जानकारी दिनुभयो ।

यस्तै, अनेरास्ववियु (क्रान्तिकारी)ले जनप्रशासन क्याम्पस र सानोठिमी बहुमुखी क्याम्पस भक्तपुरमा विजय हालिस गरेको छ । क्रान्तिकारीका महासचिव रोशन मगरका अनुसार जनप्रशासनमा अनिकेत तिवारी र सानोठिमीमा नरेन्द्र ठगुन्ना अध्यक्ष हुनुभएको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित हुनुभएको छ । मङ्गलबार सम्पन्न निर्वाचनमा देशभरि ३८ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम टुंगो, दिउँसो ३ बजे नामावली सार्वजनिक
प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम टुंगो, दिउँसो ३ बजे नामावली सार्वजनिक
पर्यटन ११ लाखमै थिचिएको, समाधान अन्तरमहादेशीय उडान : बस्नेत
पर्यटन ११ लाखमै थिचिएको, समाधान अन्तरमहादेशीय उडान : बस्नेत
अपरेशन सिन्दूर देशको लागि गर्वको क्षण, प्रधानमन्त्री नरेन्द्र मोदी
अपरेशन सिन्दूर देशको लागि गर्वको क्षण, प्रधानमन्त्री नरेन्द्र मोदी
बैतडीको बडिया र कणेलीगाउँमा खानेपानीको समस्या
बैतडीको बडिया र कणेलीगाउँमा खानेपानीको समस्या
आज ५ संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
आज ५ संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
फागुन २१ को निर्वाचन खर्च ४ अर्ब ९६ करोड
फागुन २१ को निर्वाचन खर्च ४ अर्ब ९६ करोड
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी देवी न्यौपानेले लिइन् शपथ
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी देवी न्यौपानेले लिइन् शपथ
महानगरविरूद्ध चरणबद्ध आन्दोलन गर्ने सडक व्यापारीको घोषणा
महानगरविरूद्ध चरणबद्ध आन्दोलन गर्ने सडक व्यापारीको घोषणा
फुटबल टिमको मुख्य प्रशिक्षकमा म्याट रोस नियुक्त, एक वर्षको सम्झौता
सामाजिक सञ्जाल नियन्त्रण होइन, नियमन आवश्यक : प्रचण्ड
सामाजिक सञ्जाल नियन्त्रण होइन, नियमन आवश्यक : प्रचण्ड
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...