मोरङमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु, ८ घर जले

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र ५, २०८१
|
|
३७ पटक हेरिएको
Shares
मोरङमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु, ८ घर जले

सारांश

  • मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर दुई बालबालिकाकाे मृत्यु भएको छ ।
  • धनपालथान -६ काे कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालिकाकाे मृत्यु भएको प्रहरीले बताएको छ ।
  • प्रहरीका अनुसार मृतक बालबालिकाको परिचय भने खुलेको छैन ।

५ चैत, विराटनगर ।

मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर दुई बालबालिकाकाे मृत्यु भएको छ । धनपालथान -६ काे कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालिकाकाे मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृतक बालबालिकाको परिचय भने खुलेको छैन ।

आगलागीका कारण हालसम्म ८ घर जलेर नष्ट भइसकेका छन् । चर्को घाम र हावाहुरीका कारण आगलागी नियन्त्रणमा समस्या भएको मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार आगलागी नियन्त्रणकाे प्रयास भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?