नागार्जुन आगलागीमा १५ लाख बराबरको क्षति
३ चैत, काठमाडौं ।
नागार्जुन नगरपालिका–७ स्युचारस्थित हसनटार र गौतम गाउँको सिमानामा पर्ने एक टहोरोमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट लत्ताकपडा लगायत घरायसी समानहरु र टहरा जल्दा १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।
शनिबार राति ९ः४० बजे कृष्णहरि श्रेष्ठको परिवार बस्दै आएको एक तले कच्ची लामो टहरामा आगलागी भएको थियो । आगलागीको खबर पाउनासाथ प्रहरी वृत्त कालिमाटीबाट डीएसपी रुपेश खड्काको कमाण्डमा टोली खटिएको थियो ।
प्रहरी, स्थानीय, ललितपुर र काठमाडौं महानगरका चार दमकलको सहयोगमा एक घण्टामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट काठका सामान, कपडा, भाँडाकुडाहरु जलेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment