धनगढीमा ग्यास सिलिन्डर विस्फोट, तीन जना घाइते
३ चैत, धनगढी।
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा ग्यास सिलिन्डर पड्किँदा तीन जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासी विस्फोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनामा खड्कासहित स्थानीय ग्यास बिक्रेता ४० वर्षीय गोविन्द जोशी र खड्काकी २० वर्षीया छोरी चन्द्रा घाइते भएका छन्। प्रहरीका अनुसार खड्काले ग्यास जोडी दिन जोशीलाई बोलाएकी थिइन्।
सिलिन्डर जोड्ने क्रममा अचानक विस्फोट हुँदा उनीहरू तीनै जना घाइते भएका हुन्। हाल उनीहरूको निसर्ग अस्पतालमा उपचार भइरहेको छ भने सबैको अवस्था खतरामुक्त रहेको जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment