नेपाली चेस टोली श्रीलंका प्रस्थान

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २६, २०८१
|
|
२५ पटक हेरिएको
Shares
नेपाली चेस टोली श्रीलंका प्रस्थान

सारांश

  • वर्ल्ड चेस फेडेरेशन (फिडे) र एशियन चेस फेडेरेशन (एसिएफ) को तत्त्वावधान एवं श्रीलंका चेस फेडेरेशनको आयोजनामा सञ्चालन हुने एशियन जोनल ३.
  • २ चेस च्याम्पियनसिप २०२५ प्रतियोगितामा सहभागिता जनाउन नेपाली चेस टोली श्रीलंकातर्फ प्रस्थान गरेको छ ।
  • यही मार्च ११ देखि १८ सम्म कोलम्बोस्थित फ्याकल्टी अफ ग्राजुएट स्टडिज युनिभर्सिटीको हलमा सञ्चालन हुने एशियन जोन ३.

 

२६ फागुन, काठमाडौं । वर्ल्ड चेस फेडेरेशन (फिडे) र एशियन चेस फेडेरेशन (एसिएफ) को तत्त्वावधान एवं श्रीलंका चेस फेडेरेशनको आयोजनामा सञ्चालन हुने एशियन जोनल ३.२ चेस च्याम्पियनसिप २०२५ प्रतियोगितामा सहभागिता जनाउन नेपाली चेस टोली श्रीलंकातर्फ प्रस्थान गरेको छ । यही मार्च ११ देखि १८ सम्म कोलम्बोस्थित फ्याकल्टी अफ ग्राजुएट स्टडिज युनिभर्सिटीको हलमा सञ्चालन हुने एशियन जोन ३.२ प्रतियोगितामा नेपालबाट रुपेश जैसवाल, सिन्दिरा जोशी र पुरुषोत्तम सिलवालले प्रतिस्पर्धा गर्ने नेपाल बुद्धिचाल महासंघले जनाएको छ ।

प्रतियोगितामा आयोजक राष्ट्र दक्षिण एसियाका श्रीलंका सहित नेपाल, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र भुटानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । २५औं नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल र दशौँ महिला नेपाल च्याम्पियन सिन्दिरा जोशीलाई नेपाल बुद्धिचाल महासंघले राष्ट्रिय च्याम्पियनको हैसियतमा हवाई टिकटको सुविधासहित अन्य सम्पूर्ण खर्च उपलब्ध गराउने जनाएको छ ।  यस्तै नेपाल दोस्रो भएका पुरुषोत्तम सिलवालले भने प्रतियोगिताको दर्ता शुल्क बाहेक अन्य खर्च आफैं व्यहोर्ने महासंघले जनाएको छ ।

दक्षिण एशियाली देशको प्रतिष्ठित खेलमा बंगलादेशका २४३१ रेटेड आईएम रहमान मोहम्मद, रेजा नीर, २४०२ रेटेड श्रीलंकन आईएम रानीन्दु दिलसान, २३५१ रेटेड आईएम थिलकरथ्ने, पाकिस्तानका २१३१ रेटेड खालिद मफाज, माल्दिभ्सका २१०७ रेटेड पेसन्दु रस्मिता, भुटानका १६१२ रेटेड सिद्धार्थ भण्डारीसहित ३६ जना खेलाडीसँग नेपाली दुई शीर्ष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । महिला विधातर्फ १७४३ रेटेड सिन्दिरा जोशीले श्रीलंकन २१२१ रेटेड डब्लू आईएम डेभिन्ड्या ओसिनी, २०९७ रेटेड बंगलादेशी डब्लू एफएम वाहिदा अहमद, पाकिस्तानका १७११ रेटेड ड्लू एफएम जेनोविया वासिफ, माल्दिभ्सका १६२१ डब्लू सिएम निहाया अहमद, भुटानका १४५७ रेटेट येसे ल्हादेन सहित २१ जनासँग प्रतिस्पर्धा गर्नेछन् ।

९ चरण स्टाण्डर्ड क्लासिकल खेलको पहिलो ४० चालका लागी ९० मिनेटको समय निर्धारण गरेकोछ भने ३० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्ट थप हुने प्रवक्ता राजु ताम्राकारले जानकारी दिए । वर्ल्ड चेस फिडेको अफिसियल बुद्धिचाल प्रतियोगितामा शीर्ष ६ पुरुष र ६ महिला खेलाडीहरुले ६१५० युएस डलर बराबरको पुरस्कार बाँड्ने छन् । जसमा पुरुषतर्फ क्रमशः १ हजार ५ सय, एक हजार, ५ सय, ३ सय, २ सय र १ सय ५० डलर प्राप्त गर्नेछन् भने महिलातर्फ क्रमश: १ हजार, ६ सय , ४ सय, २ सय ५० र १ सय डलर पुरस्कार पाउने छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले सहभागी हुने नेपाली बुद्धिचाल शीर्ष खेलाडीलाई बिदाइ गरेका छन् । घिसिङले बुद्धिचाल महासंघले राम्रो गतिविधि गरिरहेको र यसलाई खेलाडीलाई राम्रो नतिजा ल्याउन अभिप्रेरित गर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन दिनपछि एमाले अध्यक्ष ओलीलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई
तीन दिनपछि एमाले अध्यक्ष ओलीलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई
रविलाई दुई दिन प्रहरी हिरासतमै राखिने, त्यसपछि कारागार चलान
रविलाई दुई दिन प्रहरी हिरासतमै राखिने, त्यसपछि कारागार चलान
टी–२० विश्वकप : इंग्ल्यान्डसँग युजिल्यान्ड ४ विकेटले पराजित
टी–२० विश्वकप : इंग्ल्यान्डसँग युजिल्यान्ड ४ विकेटले पराजित
महानगरपालिकाको ४८ औँ कार्यपालिका बैठक सम्पन्न  विविधसहित २७ वटा विषयमा छलफल
महानगरपालिकाको ४८ औँ कार्यपालिका बैठक सम्पन्न  विविधसहित २७ वटा विषयमा छलफल
बढी नाफाको लोभ देखाउँदै ‘नेप्से एआई’ एपबाट ठगी धन्दा, सतर्क रहन आग्रह
बढी नाफाको लोभ देखाउँदै ‘नेप्से एआई’ एपबाट ठगी धन्दा, सतर्क रहन आग्रह
१५–२० दिनमा संसद् खुल्छ, सोही दिन अध्यादेश पेश गर्छौं : प्रधानमन्त्री
१५–२० दिनमा संसद् खुल्छ, सोही दिन अध्यादेश पेश गर्छौं : प्रधानमन्त्री
चार वर्षपछि सौराहामा हात्ती महोत्सवको तयारी
चार वर्षपछि सौराहामा हात्ती महोत्सवको तयारी
रुपन्देहीमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४ जना गम्भीर
रुपन्देहीमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४ जना गम्भीर
आजको मौसम : सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
संसद सचिवालयले होटलमा कार्यक्रम राखेको भन्दै लेखा समितिमा उठ्यो प्रश्न
संसद सचिवालयले होटलमा कार्यक्रम राखेको भन्दै लेखा समितिमा उठ्यो प्रश्न