तोलामा १ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
२६ फागुन, काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो । सोमबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ स्थिर रहेको छ । आइतबार १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment