२६ जेष्ठ २०८२, आईतवार

झापामा ठूलो परिणाममा बोधिचित्तसहित एक पक्राउ

 

२३ फागुन, विर्तामोड । झापामा प्रहरीले ११० वटा बोधिचित्तको माला र १५ किलो बोधिचित्तको दाना बरामद गरेको छ । बोधिचित्त लिएर चन्द्रगढी विमानस्थलमार्फत बिहीबार काठमाडौं जान लागेका बेला बिलबिनाका माला र दाना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी मिलन केसीले बताए । उनका अनुसार, काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौं बस्दै आएका सानुबाबु तामाङले बोकेको झोला र सुटकेसभित्र बोधिचत्त फेला परेको थियो ।

त्यसपछि सोधपुछ गर्दा कागजपत्र र बिल नभएको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय बुझाइएको प्रहरीले जनाएको छ । धार्मिक महत्वका कारण बोधिचित्त निकै महँगो मूल्यमा बिक्री हुन्छ । नेपालका बोधिचित्त चीनतर्फ तस्करी भएर जाने गरेको छ । काभ्रेको तिमाल र रोशी यसको पकेट क्षेत्र भएपनि अन्यत्र समेत बोधिचित्त केही मात्रामा बोधिचित्त पाइन्छ । यद्यपि, चिनियाँहरुले काभ्रेको बोद्धिचित्तलाई राम्रो मान्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment