२६ जेष्ठ २०८२, आईतवार

काठमाडौँ महानगरकी उपमेयर डंगोलले भेटिन् ईःलाई

९ असोज, काठमाडौँ– काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले एकसाता अघिदेखि उभिरहेका अभियन्ता ईःलाई भेटेकी छन्।

आज बिहान राष्ट्रिय सभागृह अगाडि पुगेर उनले ईः लगायतका अभियन्तालाई भेटेकी हुन् । फुटपाथ व्यवसायीलाई अमानवीय तरिकाले हटाइएको विरोधमा अभियन्ता ईः लगायत गत मंगलबारदेखि राष्ट्रिय सभागृह अगाडि उभिएर विरोध जनाइरहेका छन् । अभियन्तालाई भेटेर उपमेयर डंगोलले फुटपाथबाट विस्थापित भएकाहरूलाई वैकल्पिक व्यवस्थासम्बन्धी नीति बनाउन प्रतिवद्ध रहेको बताइन् ।

उपमेयर डंगोलले अभियन्ता ईः को स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएकी थिइन् । लामो समयदेखि उभिएर विरोध जनाइरहेको ईः को गोडा सुनिएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले अभियन्ता ईःसँग आफूले वार्ता गर्न खोजेको तर नमानेको बताएका थिए। अभियन्ता ईःले भने मेयर बालेन नआएको तर पार्किङमा वार्तामा बस्न नगरप्रहरी खटाएको बताएका छन् । काठमाडौँ महानगरपालिकाले वैकल्पिक व्यवस्था विना नै फुटपाथ व्यवसायीहरूलाई हटाएको विरोधमा अभियन्ता ईः राष्ट्रिय सभागृह अगाडि उभिएर विरोध जनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?