काठमाडौँ महानगरकी उपमेयर डंगोलले भेटिन् ईःलाई

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ९, २०८०
|
|
८१ पटक हेरिएको
Shares
काठमाडौँ महानगरकी उपमेयर डंगोलले भेटिन् ईःलाई

सारांश

  • आज बिहान राष्ट्रिय सभागृह अगाडि पुगेर उनले ईः लगायतका अभियन्तालाई भेटेकी हुन् ।
  •  फुटपाथ व्यवसायीलाई अमानवीय तरिकाले हटाइएको विरोधमा अभियन्ता ईः लगायत गत मंगलबारदेखि राष्ट्रिय सभागृह अगाडि उभिएर विरोध जनाइरहेका छन् ।
  • अभियन्तालाई भेटेर उपमेयर डंगोलले फुटपाथबाट विस्थापित भएकाहरूलाई वैकल्पिक व्यवस्थासम्बन्धी नीति बनाउन प्रतिवद्ध रहेको बताइन् ।

९ असोज, काठमाडौँ– काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले एकसाता अघिदेखि उभिरहेका अभियन्ता ईःलाई भेटेकी छन्।

आज बिहान राष्ट्रिय सभागृह अगाडि पुगेर उनले ईः लगायतका अभियन्तालाई भेटेकी हुन् । फुटपाथ व्यवसायीलाई अमानवीय तरिकाले हटाइएको विरोधमा अभियन्ता ईः लगायत गत मंगलबारदेखि राष्ट्रिय सभागृह अगाडि उभिएर विरोध जनाइरहेका छन् । अभियन्तालाई भेटेर उपमेयर डंगोलले फुटपाथबाट विस्थापित भएकाहरूलाई वैकल्पिक व्यवस्थासम्बन्धी नीति बनाउन प्रतिवद्ध रहेको बताइन् ।

उपमेयर डंगोलले अभियन्ता ईः को स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएकी थिइन् । लामो समयदेखि उभिएर विरोध जनाइरहेको ईः को गोडा सुनिएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले अभियन्ता ईःसँग आफूले वार्ता गर्न खोजेको तर नमानेको बताएका थिए। अभियन्ता ईःले भने मेयर बालेन नआएको तर पार्किङमा वार्तामा बस्न नगरप्रहरी खटाएको बताएका छन् । काठमाडौँ महानगरपालिकाले वैकल्पिक व्यवस्था विना नै फुटपाथ व्यवसायीहरूलाई हटाएको विरोधमा अभियन्ता ईः राष्ट्रिय सभागृह अगाडि उभिएर विरोध जनाइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२४ अंकले घट्यो नेप्से, ११ अर्ब २३ करोडको कारोबार
२४ अंकले घट्यो नेप्से, ११ अर्ब २३ करोडको कारोबार
सहकारीका समस्याबारे राष्ट्रपतिको चासो, मन्त्री र सचिवलाई दिए निर्देशन
सहकारीका समस्याबारे राष्ट्रपतिको चासो, मन्त्री र सचिवलाई दिए निर्देशन
डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
प्रधानमन्त्री कार्कीले तत्काल १५ मन्त्रालय आफैं हेर्ने
प्रधानमन्त्री कार्कीले तत्काल १५ मन्त्रालय आफैं हेर्ने
पहिरोले सडक भाँसिदा कालीगण्डकी करिडोर अवरुद्ध
पहिरोले सडक भाँसिदा कालीगण्डकी करिडोर अवरुद्ध
काठमाडौंको तारकेश्वरमा खोलाले बगाउँदा १ बालक बेपत्ता
काठमाडौंको तारकेश्वरमा खोलाले बगाउँदा १ बालक बेपत्ता
उत्तर प्रदेश: ५ सन्तानकी आमा र अविवाहित युवक एउटै रुखमा झुण्डि*एको अवस्थामा मृ*त फेला
उत्तर प्रदेश: ५ सन्तानकी आमा र अविवाहित युवक एउटै रुखमा झुण्डि*एको अवस्थामा मृ*त फेला
११ वर्षपछि एमाले बैठकमा वरिष्ठ नेता बनेर सहभागी हुँदै विद्या भण्डारी
११ वर्षपछि एमाले बैठकमा वरिष्ठ नेता बनेर सहभागी हुँदै विद्या भण्डारी
इँटा उद्योगको चाङ खस्दा सर्लाहीमा तीन मजदुरको मृ*त्यु
इँटा उद्योगको चाङ खस्दा सर्लाहीमा तीन मजदुरको मृ*त्यु
प्रवेशपत्र नआउँदा जाजरकोटका विद्यार्थी कक्षा १२ को परीक्षाबाट बन्चित
प्रवेशपत्र नआउँदा जाजरकोटका विद्यार्थी कक्षा १२ को परीक्षाबाट बन्चित