Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अर्थ मन्त्रालयमा साइबर हमला गर्नेविरुद्ध अमेरिकाले हाल्यो मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन २२, २०८१
|
|
३९ पटक हेरिएको
Shares
अर्थ मन्त्रालयमा साइबर हमला गर्नेविरुद्ध अमेरिकाले हाल्यो मुद्दा

सारांश

  • अमेरिकाले अर्थ मन्त्रालयमाथि साइबर हमला गर्नेहरूमाथि कारबाही सुरु गरेको छ ।
  • मन्त्रालयले ह्याकिङको आरोपमा सार्वजनिक सुरक्षा मन्त्रालयका दुई अधिकारीसहित १२ चिनियाँ नागरिकहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
  • आरोपीहरूले अमेरिकामा रहेका एसियाली देशका विदेश मन्त्रालय, धार्मिक संस्था र अमेरिकी सङ्घीय तथा राज्य सरकारी निकायहरूलाई लक्षित गरेको मन्त्रालयले भनेको छ ।

 

२२ फागनु, वासिङटन डीसी । अमेरिकाले अर्थ मन्त्रालयमाथि साइबर हमला गर्नेहरूमाथि कारबाही सुरु गरेको छ । मन्त्रालयले ह्याकिङको आरोपमा सार्वजनिक सुरक्षा मन्त्रालयका दुई अधिकारीसहित १२ चिनियाँ नागरिकहरूविरुद्ध मुद्दा दायर गरेको हो । आरोपीहरूले अमेरिकामा रहेका एसियाली देशका विदेश मन्त्रालय, धार्मिक संस्था र अमेरिकी सङ्घीय तथा राज्य सरकारी निकायहरूलाई लक्षित गरेको मन्त्रालयले भनेको छ ।

मन्त्रालयले २०१६ देखि २०२३ सम्म एन्क्सुन इन्फरमेसन टेक्नोलोजी कम्पनी लिमिटेड (आइसन) का आठ कर्मचारी र सार्वजनिक सुरक्षा मन्त्रालयका दुई अधिकारीहरूलाई इमेल, सेल फोन, सर्भर र वेबसाइटहरू ह्याक गरेको आरोप लगाएको छ । दसैजना अभियुक्तले धार्मिक संस्था, पत्रकार र सरकारी निकायहरूलाई लक्षित गर्न ह्याकिङको सहारा लिइरहेको कार्यवाहक अमेरिकी वकिल म्याथ्यू पोडोल्स्कीले बताए । अभियुक्तहरूमध्ये दुई जना जनवादी गणतन्त्र चीनका नागरिक हुन् । उनीहरूले चीन सरकारका लागि संवेदनशील जानकारी सङ्कलन गरिरहेको भनिएको छ ।

यसबाहेक केही निजी ह्याकरहरूलाई चीनको सार्वजनिक सुरक्षा मन्त्रालय र राज्य सुरक्षाले पनि डेटा ह्याक गर्न भुक्तानी गरेको पनि बताइएको छ ।  ह्याकरहरूले सट्टेबाजी मार्फत पीडितहरूलाई लक्षित गरेको मुद्दामा भनिएको छ । पहिले आरोपीहरूले कमजोर नेटवर्क भएका कम्प्युटरहरू पहिचान गरे । यसपछि ह्याक गरिएको जानकारी चिनियाँ सरकारलाई बेचे । कम्पनीले प्रत्येक इमेल इनबक्स ह्याक गरेबापत मन्त्रालयसँग १० हजारदेखि ७५ हजार डलरसम्म पैसा लिएको बताइएको छ । दशै जना अभियुक्त फरार रहेको र यिनीहरूलाई पक्राउ गर्न मद्दत गर्ने जानकारी दिनेलाई १ करोड डलरसम्मको पुरस्कार घोषणा विदेश मन्त्रालयले गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाही  प्रहरीद्धारा झन्डै १५ बिघामा लगाएको अवैध गाजा खेति नष्ट
सर्लाही  प्रहरीद्धारा झन्डै १५ बिघामा लगाएको अवैध गाजा खेति नष्ट
उपनिर्वाचनमा यातायातको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन
उपनिर्वाचनमा यातायातको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन
युक्रेनको राजधानी किभमा रुसले हान्यो २५० ड्रोन, १३ जनाको मृत्यु, ५६ घाइते
युक्रेनको राजधानी किभमा रुसले हान्यो २५० ड्रोन, १३ जनाको मृत्यु, ५६ घाइते
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व
पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व
महिलाको सम्मान र समान अवसरबिना लोकतन्त्र सुदृढ हुँदैन : प्रधानमन्त्री
महिलाको सम्मान र समान अवसरबिना लोकतन्त्र सुदृढ हुँदैन : प्रधानमन्त्री
गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध झुटो प्रचार भइरहेको छ : प्रचण्ड
गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध झुटो प्रचार भइरहेको छ : प्रचण्ड
तोलामा १६ सय बढ्यो सुन, उच्च मूल्यबाट घट्यो चाँदी
तोलामा १६ सय बढ्यो सुन, उच्च मूल्यबाट घट्यो चाँदी
अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले दिए राजीनामा
अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले दिए राजीनामा
बीपीलाई आफूअनुकूल प्रयोग गर्ने प्रवृत्ति रोक्नुपर्छ :गगन थापा
बीपीलाई आफूअनुकूल प्रयोग गर्ने प्रवृत्ति रोक्नुपर्छ :गगन थापा