११ श्रावण २०८२, शनिबार

चिनियाँ राजदूत साङ्को मदनपुरमा भव्य स्वागत, प्रविधिमैत्री कक्षाको उद्घाटन

 

सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–६ स्थित रहेको श्री मदनपुर जमुनिया विरनगरा माध्यमिक विद्यालयमा युएनडिपी अन्तर्गत चाईना एडको सहयोगमा बनाईएको प्रविधिमैत्री (डिजिटल) कक्षा कोठाको उद्घाटन गरिएको छ ।

नेपालका लागि चिनका राजदुत चेन साङ बुधवार एक समारोहका बीच प्रविधिमैत्री कक्षा कोठाको उद्घाटन गर्नुभएको हो ।

विद्यालय प्राङ्गणमा राजदुत साङले वृक्षारोपन समेत गर्नुभएको थियो ।  राजदुत साङ विद्यालयमा पुग्दा भव्य स्वागत गरिएको छ ।

राजदुत साङ विद्यालयमा पुग्दा प्रदेश सांसद जंगीलाल राय, सकुन्तला देवी राम, नगरप्रमुख ब्रह्मदेव राय यादव, उपप्रमुख पुनम कर्ण, सर्लाही क्याम्पसका पूर्व क्याम्पस प्रमुख कृष्णदेव यादव विद्यार्थी, शिक्षक र स्थानिय वासीले भव्य स्वागत गरेको थियो । राजदुत साङको स्वागतमा विद्यार्थीहरुले स्वागत नृत्य पनि प्रस्तुत गरेको थियो ।

चाईना एडको सहयोगमा विद्यालयका तीन सय ९८ जना विद्यार्थीलाई स्कूल बैग र शैक्षिक सामाग्री वितरण गरिएको थियो । त्यस्तै दुई ७५ जना विद्यार्थीका अभिभावकलाई कम्बल, टर्चलाईट, बेड सिट, झुल, लाईट लगायतका सामाग्री वितरण गरिएको छ भने विद्यालयका शिक्षकहरुलाई समेत बैग, डायरी, पेन, ज्याकेट लगायतका सामाग्री वितरण गरिएको छ ।

चाईना एडले विद्यालयमा ४२ लाख ७० हजार ७३५ रुपैया बराबरको सामाग्री सहयोग गरेको विद्यालयका प्रधानाध्यापक कामदेव रायले जानकारी दिनुभयो । कार्यक्रममा युएनडिपी नेपालका आवासिय प्रतिनिधि क्योको योकोसुका पनि सहभागी हुनुभएको थियो ।

भारतीय सिमा नजिक चिनियाँ राजदुत आउँदा सर्लाही जिल्लामा चर्चाको विषय बनेको छ । विद्यालयको कार्यक्रममा नेपालका लागि चिनियाँ राजदुत सहभागी भईरहँदा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु आफै कार्यक्रम स्थल पुगी सुरक्षा व्यवस्था कडा पार्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?