निलम्बनको सिफारिस भएपछि रास्वपा झापाका सभापति खरेलद्वारा राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन २१, २०८१
|
|
३० पटक हेरिएको
Shares
निलम्बनको सिफारिस भएपछि रास्वपा झापाका सभापति खरेलद्वारा राजीनामा

सारांश

  • सभापति खरेलविरुद्ध कार्यकर्ताले नै नैतिक चरित्र र आर्थिक अनियमिततासम्बन्धी उजुरी दिएका थिए भने त्यस उजुरीलाई जिल्ला समितिले केन्द्रीय समितिमा पठाएको थियो।
  • केन्द्रीय समितिमा राजीनामा दिएको कुरा जिल्ला सभापति खरेलले पुष्टि गरेका छन् ।
  • ‘मैले केन्द्रीय समितिमा राजीनामा पठाएको छु’ उनले भने, ‘तर केन्द्रीय समितिले स्वीकृत गरिसकेको छैन।

२१ फागुन, झापा- जिल्ला समितिबाट निलम्बनको सिफारिस भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका सभापति उमेश खरेलले पदबाट राजीनामा दिएका छन्। सभापति खरेलविरुद्ध कार्यकर्ताले नै नैतिक चरित्र र आर्थिक अनियमिततासम्बन्धी उजुरी दिएका थिए भने त्यस उजुरीलाई जिल्ला समितिले केन्द्रीय समितिमा पठाएको थियो।

केन्द्रीय समितिमा राजीनामा दिएको कुरा जिल्ला सभापति खरेलले पुष्टि गरेका छन् । ‘मैले केन्द्रीय समितिमा राजीनामा पठाएको छु’ उनले भने, ‘तर केन्द्रीय समितिले स्वीकृत गरिसकेको छैन।’ एकपक्षीय रुपमा आफूमाथि लागेको आरोपका बारेमा रास्वपाको अनुशासन आयोगले छानबिन गरिरहेको उनले जानकारी दिए। उनले त्यसबारेमा धेरै बोल्न चाहेनन्। रास्वपाको जिल्ला समितिले खरेललाई कारबाहीका लागि पार्टीको केन्द्रीय समितिमा सिफारिस गरेसँगै उनले पदबाट राजीनामा दिएको बताइएको छ।

केही साताअघि रास्वपा झापाका सभापति खरेलबिरुद्ध पार्टीकै कार्यकर्ताले चरित्रमाथि प्रश्न उठाउँदै पार्टीमा उजुरी दिएका थिए। कारबाही नगरे आफ्ना कुरा मिडियामार्फत सार्वजनिक गर्ने भनेर उजुरीकर्ताले भनेपछि जिल्ला समितिले आफ्नै सभापति खरेललाई कारबाहीको लागि केन्द्रमा सिफारिस पठाएको थियो।रास्वपाका एक केन्द्रीय नेताका अनुसार खरेलमाथि आर्थिक अपचलन र नैतिक चरित्रमा प्रश्न उठाउँदै जिल्ला समितिले तत्काल निलम्बन गरी थप कारबाही अघि बढाउन पत्रमा लेखिएको छ। आर्थिक र चारित्रिक विषयमा गम्भीर कुरा उठाएर तत्काल हटाउन माग गर्दै कोशी प्रदेश हुँदै केन्द्रीय कार्यालयमा पत्र पुगेको हो। खरेल रास्वपा झापाका संस्थापक जिल्ला सभापति हुन्। उनी २०७९ असारमा पार्टी स्थापनासँगै सभापति चयन भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिनभर खोजी गर्दा पनि भेटिएनन् त्रिशूलीमा बेपत्ता भएका युवक
दिनभर खोजी गर्दा पनि भेटिएनन् त्रिशूलीमा बेपत्ता भएका युवक
प्रदर्शनकारीले भत्काए संसद् भवनको पर्खाल
प्रदर्शनकारीले भत्काए संसद् भवनको पर्खाल
पासपोर्ट ठेक्का भ्रष्टाचारमा मुछिएका सिद्धार्थ थापा रिहा
पासपोर्ट ठेक्का भ्रष्टाचारमा मुछिएका सिद्धार्थ थापा रिहा
हाँडीगाउँका विभिन्न रुटमा एकतर्फी प्रणाली लागू
हाँडीगाउँका विभिन्न रुटमा एकतर्फी प्रणाली लागू
राज्य व्यवस्थामा सहकारीको प्रसंग उठेपछि एमाले सांसदको आपत्ति
राज्य व्यवस्थामा सहकारीको प्रसंग उठेपछि एमाले सांसदको आपत्ति
बैंकिङ कसुरमा सेफ सन्तोष साह प्रक्राउ
बैंकिङ कसुरमा सेफ सन्तोष साह प्रक्राउ
प्रधानमन्त्री कप क्रिकेट : गण्डकीद्वारा सुदूरपश्चिमलाई २२१ रनको लक्ष्य
प्रधानमन्त्री कप क्रिकेट : गण्डकीद्वारा सुदूरपश्चिमलाई २२१ रनको लक्ष्य
कांग्रेस बैठकमा प्रस्तुत भयो मंसिर २४ मा विशेष महाधिवेशनको प्रस्ताव
कांग्रेस बैठकमा प्रस्तुत भयो मंसिर २४ मा विशेष महाधिवेशनको प्रस्ताव
गण्डकीको बेरुजु ३ अर्ब नजिक, ५१ करोड ९८ लाख थपियो
गण्डकीको बेरुजु ३ अर्ब नजिक, ५१ करोड ९८ लाख थपियो
केबलकारले बढायो मौलाकालिका मन्दिरमा भक्तजन, नगरपालिकाको आम्दानी पनि बढ्यो
केबलकारले बढायो मौलाकालिका मन्दिरमा भक्तजन, नगरपालिकाको आम्दानी पनि बढ्यो