४ दिनदेखि हराइरहेका व्यक्ति भक्तपुरको गरुडकुण्ड पोखरी छेउमा मृत भेटिए
२० फागनु, काठमाडौं। भक्तपुरमा एक पुरुष मृत भेटिएका छन् । भक्तपुर नगरपालिका–९ च्यामसिंहस्थित गरूडकुण्ड पोखरीको छेउमा एक पुरुष मृत भेटिका हुन् । मृत भेटिनेमा सूर्यविनायक नगरपालिका–१० चित्तपोल भंगाल बस्ने ६६ वर्षीय भरत दुलाल रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले बताए ।
उनी मंगलबार मृत फेला परेका हुन् । घटनाबारे भक्तपुर प्रहरीले अनुसन्धान अघि बढाएको छ । घरबाट हराएको चार दिनदेखि हराएको पाइएको नेउपानेले बताए । शवको प्रकृती हेर्दा हत्या जस्तो नदेखिएको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment