२६ जेष्ठ २०८२, आईतवार

भोलिको संसद् बैठकमा उपस्थित हुन सांसदहरूलाई एमालेको पनि ह्विप

 

२० फागुन, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले भोलि (बुधबार) बस्ने संदस् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछ ।

अध्यादेशहरू पारित गर्नका लागि अनिवार्य संसद् बैठकमा उपस्थित हुन सांसदहरुलाई ह्विप जारी गरिएको हो । त्यस्तै, नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई भोलिको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ । सरकारले भूमि सम्बन्धी बाहेकका ६ अध्यादेश पारित गर्नका लागि भोलि संसदमा पेस गर्दैछ ।जसपा नेपाल र लोसपाले भूमि अध्यादेशको विपक्षमा देखिएपछि सरकारले त्यसलाई रोकेर अन्यलाई पारित गर्न प्रक्रियामा लाने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment