सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ७, २०८०
|
|
३० पटक हेरिएको
Shares
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित

सारांश

  • काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश अभाव भएपछि उक्त मुद्दा स्थगित भएको हो।
  • यसअघि गत सोमबार पनि सन्दीप विरुद्धको उक्त मुद्दा पेसी नचढी स्थगित भएको थियो।
  • काठमाडौँ जिल्ला अदालतबाट न्यायाधीशहरू सरुवा भएर गएको र नयाँ अझै काममा नआइसकेकाले मुद्दाको सुनुवाइमा ढिलाइ भएको हो।

७ असोज, काठमाडौँ– क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ।

काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश अभाव भएपछि उक्त मुद्दा स्थगित भएको हो। यसअघि गत सोमबार पनि सन्दीप विरुद्धको उक्त मुद्दा पेसी नचढी स्थगित भएको थियो।

काठमाडौँ जिल्ला अदालतबाट न्यायाधीशहरू सरुवा भएर गएको र नयाँ अझै काममा नआइसकेकाले मुद्दाको सुनुवाइमा ढिलाइ भएको हो। सर्वोच्च अदालतले सन्दीप विरुद्धको मुद्दालाई यथाशीघ्र टुंगो लगाउन भने पनि काठमाडौँ अदालतले प्राथमिकतामा राखेर अघि बढाउन सकेको छैन।

भदौ २१ गतेको सुनुवाइमा न्यायाधीश शकुन्तला कार्कीले उक्त मुद्दा हेर्दाहेर्दैमा राखेकी थिइन्। त्यसपछि सन्दीपका अधिवक्ता सरोज घिमिरेले बसाइँ सर्नुअघिको नगरपालिकाको कागजातमा पीडितको यकिन जन्ममिति हुन सक्ने भन्दै कागजात मगाउन माग गरेका थिए। उक्त माग बमोजिम न्यायाधीश कार्कीको इजलासले फेरि पीडितको जन्मदर्ता मगाउन आदेश दिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृ*त्यु
तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृ*त्यु
कुलमानका कारण रोकियो रवि-बालेन सहमति
कुलमानका कारण रोकियो रवि-बालेन सहमति
ट्याक्टरको ठक्करले युवा संघका नेताको मृत्यु
ट्याक्टरको ठक्करले युवा संघका नेताको मृत्यु
राजासहितको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा सर्वपक्षीय सहमति गरौं : राजेन्द्र लिङ्देन
राजासहितको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा सर्वपक्षीय सहमति गरौं : राजेन्द्र लिङ्देन
सर्लाहीमा वन चौकीदारको विभत्स हत्या, टाउको बिनाको शव फेला
सर्लाहीमा वन चौकीदारको विभत्स हत्या, टाउको बिनाको शव फेला
चिनियाँ तस्कर दाओजिन वाङका चालक पक्राउ
चिनियाँ तस्कर दाओजिन वाङका चालक पक्राउ
गहना बेचेको २ करोड नउठेपछि परिवारका ९ सदस्यले पिए विष
गहना बेचेको २ करोड नउठेपछि परिवारका ९ सदस्यले पिए विष
समर्थन फिर्ता लिएपछि जनमत पार्टी मधेस प्रदेशमा विवाद, हटाइए दलका नेता
समर्थन फिर्ता लिएपछि जनमत पार्टी मधेस प्रदेशमा विवाद, हटाइए दलका नेता
कुलमान र बेलायती राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?
कुलमान र बेलायती राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?
स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने सरकारको निर्णय
स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने सरकारको निर्णय