११ श्रावण २०८२, शनिबार

सर्लाहीमा स्रोत नखुलेको सात लाखभन्दा बढी नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ

 

१४ फागुन, सर्लाही । सर्लाही प्रहरीले स्रोत नखुलेको सात लाखभन्दा बढी  नेपाली रुपैयाँसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।

नेपाल–भारत सीमा दशगजा नजिक मलङ्गवा नगरपालिका–८ स्थित प्रहरी चौकी गोरखकाली अगाडि चेकजाँचका क्रममा भारतको बिहार राज्य, सितामढी जिल्ला, ग्राम पंचायत बिसनपुर १५ का २२ वर्षीय चन्दनकुमार महतो पक्राउ परेका हुन्। महतो बीआर ३० ए बी ९१८३ नम्बरको मोटरसाइकलमा मलंगवा–सोनवर्षा नाका हुँदै नेपाल प्रवेश गरेका थिए।

चेकजाँचका क्रममा उनको शरीर खानतलासी गर्दा पाइन्टभित्र लुकाएर ल्याएको ७ लाख ५८ हजार ३१० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईले जानकारी दिए। प्रहरीले महतोलाई थप अनुसन्धानका लागि भन्सार कार्यालय मलंगवाको जिम्मा लगाएको छ। स्रोत नखुलेको रकम अवैध हुण्डी कारोबारमा प्रयोग हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?