२६ भाद्र २०८२, बिहीबार

मोटरसाइकल चोरीको आरोपमा ३ जना प्रहरीको नियन्त्रणमा

 

१४ फागुन,  काठमाडौँ –मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई  मंगलबार काठमाडौंका  विभिन्न  स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ  । पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा  गाउँपालिका १  घर भई हाल काठमाडौंको जोरपाटी बस्ने १८ बर्षीय  रवि कुमार  चौधरी, पाल्पाको तानसेन  नगरपालिका ६ घर भइ हाल काठमाडौंको नयाँबस्ती बस्ने १९ वर्षीय  मनिष थापा  मगर  र सिन्धुपाल्चोकको ईन्द्रवती  गाउँपालिका १ घर भइ हाल काठमाडौंको  नयाँपाटी  बस्ने २० वर्षीय  विशाल  तामाङ रहेका छन् ।

वास्तविक नम्बर प्रदेश २-०२-००४ प ६६५० नम्बरको  मोटरसाइकलको नम्बर  परिवर्तन गरि बागमती प्रदेश ०२-०१७ प ७५ ०५ राखी चलाइरहेको अवस्थामा हिजो साँझ ५  बजे चौधरीलाई काठमाडौंको  चावहिल गंगाहिटीमा फेला पारी सोधपुछ गर्दा उक्त मोटरसाइकल तामाङले दिएको भनी जानकारी  गराउनसाथ तामाङलाई पनि काठमाडौंको जोरपाटी नयाँबस्तीबाट नियन्त्रणमा लिएको हो ।अनुससन्धानका लागि मोटरसाइकलमा पछाडि सवार थापा मगरलाई नियन्त्रणमा लिएको बताइएको प्रहरीले जानकारी दिएको छ । उक्त  मोटरसाइकल  काठमाडौंको  नरेफाँटबाट  हराएको भनी नरेफाँट  बस्ने  सोनु  कारकले  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका  थिए   ।

नियन्त्रणमा आएका तीनै  जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी  उपरीक्षक संजय बहादुर राउतले जानकारी दिए ।  अनुससन्धानका लागि मोटरसाइकलमा पछाडि सवार थापा मगरलाई नियन्त्रणमा लिएको बताइएको प्रहरीले जानकारी दिएको छ । उक्त  मोटरसाइकल  काठमाडौंको  नरेफाँटबाट  हराएको भनी नरेफाँट  बस्ने  सोनु  कारकले  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका  थिए   । नियन्त्रणमा आएका तीनै  जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी  उपरीक्षक संजय बहादुर राउतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment