३ वर्षपछि राजस्व कार्यालय जनकपुरले पूरा गर्‍यो लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन १०, २०८१
|
|
२६ पटक हेरिएको
Shares
३ वर्षपछि राजस्व कार्यालय जनकपुरले पूरा गर्‍यो लक्ष्य

सारांश

  • तीन वर्षपछि आन्तरिक राजस्व कार्यालय जनकपुरको राजस्व सङ्कलन शतप्रतिशत पुगेको छ ।
  • चालु आर्थिक वर्षको माघ महिनामा मात्र १२२ प्रतिशत राजस्व संकलन भएको हो ।
  • गत माघ महिनामा ३० करोड ९६ लाख २१ हजार राजश्व संकलन लक्ष्य राखेकोमा ३७ करोड ७४ लाख ५८ हजार राजश्व उठेको कार्यालय प्रमुख कर अधिकृत आनन्दकुमार गुप्ताले जानकारी दिए ।

 

१० फागुन, जनकपुरधाम । तीन वर्षपछि आन्तरिक राजस्व कार्यालय जनकपुरको राजस्व सङ्कलन शतप्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको माघ महिनामा मात्र १२२ प्रतिशत राजस्व संकलन भएको हो । गत माघ महिनामा ३० करोड ९६ लाख २१ हजार राजश्व संकलन लक्ष्य राखेकोमा ३७ करोड ७४ लाख ५८ हजार राजश्व उठेको कार्यालय प्रमुख कर अधिकृत आनन्दकुमार गुप्ताले जानकारी दिए ।

यो लक्ष्यभन्दा २२ प्रतिशत बढी हो । चालु आर्थिक वर्षको माघ महिनासम्म २ अर्ब ५१ करोड ६० लाख ७५ हजार राजश्व असुल असुल्ने कार्यालयको लक्ष्य छ । जसमा २ अर्ब ५१ करोड १ लाख ३० हजार असुल उपर भएको प्रमुख गुप्ताले बताए । जनु लक्ष्यको शतप्रतिशत हो । आर्थिक वर्ष २०७८।०७९ देखि आर्थिक वर्ष २०८०/०८१ सम्म चालु आर्थिक वर्षको लक्ष्य अनुसार राजश्व उठेको थिएन । कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यको ८६ प्रतिशत मत्र राजश्व उठेको थियो ।

त्यस अघिल्लो आ.व. २०७८/०७९ मा लक्ष्यको ९४ प्रतिशत, उठेको थियो भने आ.व.२०७९/०८० मा ९३ प्रतिशत उठेको थियो । सेवा प्रवाहमा व्यापक सुधार, सरकारी कार्यालय, अर्धसरकारी कार्यालयहरू र विभिन्न संस्थाहरूको टिडिएस रकम समयमा दाखिला गर्न सञ्चार, समन्वय र ताकेता गर्दा लक्ष्य अनुसार राजश्व उठेको कार्यालय प्रमुख गुप्ताको भनाइ छ । उनका अनुसार आर्थिक ऐन २०८१ ले प्रदान गरेको छुट सुविधाहरूको व्यापक रूपमा प्रचारप्रसार र धनुषा जिल्लाभरिको १७ वटै पालिकाहरूमा ननफाइलर करदाताहरूको सूचना टाँस गरिएको थियो ।

यस्तै बल्क एसएमएस, टेलिफोन र पत्राचार समेत गरिएको, सूचनामा आधारित बजार अनुगमन र अन्तःशुल्क प्रतिष्ठानहरूको नियमित निरीक्षण गरिएको, बक्यौता र बेरुजुलाई प्राथमिकतामा राखी कार्य गरिएको साथै सेक्टर छुट्याएर वस्तुगत व्यवसायीहरूलाई कर शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेस आज सर्वोच्च जाने
गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेस आज सर्वोच्च जाने
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक पाए विश्वासको मत
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक पाए विश्वासको मत
कंगोमा इबोला संक्रमण फैलिँदै, मृ*तक संख्या ९६७ पुग्यो
कंगोमा इबोला संक्रमण फैलिँदै, मृ*तक संख्या ९६७ पुग्यो
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
राज्य व्यवस्था समितिबाट नागरिकता विधेयक पारित
राज्य व्यवस्था समितिबाट नागरिकता विधेयक पारित
भारतको हरिद्वारस्थित मनसा देवी मन्दिरमा भागदौड, ६ जनाको मृ*त्यु
भारतको हरिद्वारस्थित मनसा देवी मन्दिरमा भागदौड, ६ जनाको मृ*त्यु
प्रधानमन्त्रीबाट धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास
प्रधानमन्त्रीबाट धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास
बुद्धनगरमा एक जनाको हत्या
बुद्धनगरमा एक जनाको हत्या
पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी
पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी
चितवनमा भारतीय नागरिकको शव फेला, पहिरोमा परेको बसका यात्रु भएको आशङ्का
चितवनमा भारतीय नागरिकको शव फेला, पहिरोमा परेको बसका यात्रु भएको आशङ्का