११ श्रावण २०८२, शनिबार

तीन सीडीओको सरुवा, को कहाँ ?

 

९ फागुन, काठमाडौं । गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै दुई सहसचिवलाई सीडीओको जिम्मेवारी दिएका हुन् । नवलपरासी पश्चिमकी सीडीओ स्किम श्रेष्ठको मकवानपुरमा सरुवा भएको छ ।

यस्तै रौतहटका सीडीओ हिरालाल रेग्मी नवलपरासी पश्चिम सरुवा  भएका  छन् । मकवानपुरका सीडीओको अर्थ मन्त्रालयमा सरुवा भएको थियो ।  रौतहटमा भने कसैको निर्णय  नभएको बताइएको छ । तेह्रथुमको सीडीओमा मन्त्रालयमा कार्यरत प्रकाश अधिकारीलाई पठाउने निर्णय भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?