जलहरीको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियार पुनरावेदन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन ९, २०८१
|
|
२८ पटक हेरिएको
Shares
जलहरीको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियार पुनरावेदन

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको जलहरी निर्माणको भ्रष्टाचारका आरोपितहरुलाई विशेष अदालतले त्रुटीपूर्ण रुपमा सफाइ दिएको दावी गर्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
  • अख्तियारले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवहरु डा.
  • प्रदीप ढकाल र डा.

 

९ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको जलहरी निर्माणको भ्रष्टाचारका आरोपितहरुलाई विशेष अदालतले त्रुटीपूर्ण रुपमा सफाइ दिएको दावी गर्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

अख्तियारले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवहरु डा. प्रदीप ढकाल र डा. मिलनकुमार थापालाई सफाइ दिने विशेष अदालतको फैसलालाई त्रुटिपूर्ण भनेको हो । उसले विशेष अदालतको फैसला उल्ट्याएर आरोपितहरुलाई दोषी ठहर गर्नुपर्ने माग गरेको छ । झन्डै डेढ किलो सुन हिनामिना गरेको आरोपमा अख्तियारले कोषका तत्कालीन कोषाध्यक्ष डा. मिलन थापा, सदस्य सचिव प्रदीप ढकाल र विशेष नाइके(स्टोरकिपर) अरुण कुमार श्रेष्ठ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

राष्ट्र बैंकबाट खरिद भएको र जलहरी निर्माणमा प्रयोग भएको अनि बँचेको सुनमा करिब डेढ किलो फरक देखिएको भन्दै अख्तियारले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुले बाँकी सुन हिनामिना गरेको दावी गरिएको छ । त्यतिबेलाको बजारभाउ अनुसार एक करोड १७ लाख रुपैयाँ हिनामिना भएको दाबी गर्दै अख्तियारले निर्माणमा संलग्नहरुलाई जवाफदेही बनाउनुपर्ने दावी गरेको हो ।

खरिद भएको सुन, निर्माणमा प्रयोग भएको सुन र बाँकी सुनको पारदर्शी हिसाव नराखी संलग्नहरुले बदनियत र लापबाही गरेको भन्दै अख्तियारले सबै आरोपितहरुलाई सफाइ दिनु गलत भएको जिकिर गरेको हो । अख्तियारले पशुपति क्षेत्र विकास कोषका दुई पदाधिकारी र एक कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । असोज, २०८० मा अख्तियारले जलहरी राख्ने क्रममा करिव डेढ किलो सुन हिनामिना भएको दावी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनीहरुमाथि एक करोड १७ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुमाल बस्तीको ६ घरगोठ आगलागीबाट नष्ट
कुमाल बस्तीको ६ घरगोठ आगलागीबाट नष्ट
कांग्रेस केन्द्रीय समिति बैठक सुरु
कांग्रेस केन्द्रीय समिति बैठक सुरु
निकोलस भुसाल गोरखाबाट पक्राउ
निकोलस भुसाल गोरखाबाट पक्राउ
बार अध्यक्षविरुद्ध अवहेलना मुद्दा
बार अध्यक्षविरुद्ध अवहेलना मुद्दा
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
जसपा लुम्बिनीका तीन सांसदलाई फेरि सोधियो स्पष्टीकरण
जसपा लुम्बिनीका तीन सांसदलाई फेरि सोधियो स्पष्टीकरण
महिला न्यायाधीशहरू न्याय प्रणालीको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत
महिला न्यायाधीशहरू न्याय प्रणालीको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत
हस्तकला महासंघले पाटन दरबार स्क्वायरमा कला तथा हस्तकला प्रदर्शनी गर्ने
हस्तकला महासंघले पाटन दरबार स्क्वायरमा कला तथा हस्तकला प्रदर्शनी गर्ने
प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण
प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण
उपप्रमुख डंगोल बेल्जियम जाँदै, यस्तो छ कार्यतालिका
उपप्रमुख डंगोल बेल्जियम जाँदै, यस्तो छ कार्यतालिका