राप्ती गाउँपालिकाका सबै वडासचिवले गरे पेन डाउन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन ६, २०८१
|
|
४० पटक हेरिएको
Shares
राप्ती गाउँपालिकाका सबै वडासचिवले गरे पेन डाउन

सारांश

  • दाङको राप्ती गाउँपालिकाका ९ वटै वडा कार्यलयका सचिवहरूले पेन डाउन गरेका छन् ।
  • तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडासचिव नवीन भुसाल र रुपन्देहीको रोहीणी गाउँपालिका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेमाथि भएको आक्रमणको घटनामा विरोध जनाउँदै उनीहरूले मंगलबार पेन डाउन गर्ने निर्णय लिएका हुन् ।
  • विरोध स्वरुप मिति २०८१ साल फागुन ६ गतेका दिन राप्ती गाउँपालिका, मसुरिया, दाङका ९ वटै वडा कार्यालयमा वडा सचिवहरूद्वारा पेन डाउन गर्ने निर्णय गरेका छन्।

६ फागुन, काठमाडौं ।

दाङको राप्ती गाउँपालिकाका ९ वटै वडा कार्यलयका सचिवहरूले पेन डाउन गरेका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडासचिव नवीन भुसाल र रुपन्देहीको रोहीणी गाउँपालिका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेमाथि भएको आक्रमणको घटनामा विरोध जनाउँदै उनीहरूले मंगलबार पेन डाउन गर्ने निर्णय लिएका हुन् ।

विरोध स्वरुप मिति २०८१ साल फागुन ६ गतेका दिन राप्ती गाउँपालिका, मसुरिया, दाङका ९ वटै वडा कार्यालयमा वडा सचिवहरूद्वारा पेन डाउन गर्ने निर्णय गरेका छन्। पालिकाका सबै वडासचिवहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन् । कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै बन्दीपुर गाउँपालिका–६ का अध्यक्ष बलबहादुर गुरुङले वडासचिव भुसालको घाँटी अठ्याउँदै चड्कन हानेका थिए ।

त्यस्तै, रुपन्देहीको रोहिणी गाउँपालिकाका कार्यपालिका बैठकमै वडा नम्बर २ का अध्यक्ष करम हुसेन खानले शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेमाथि हातपात गरेका थिए । उक्त दुई घटनाको विरोध गर्दै राप्तीका सचिवहरूले यस्ता घटनामा एकजुट हुनुपर्ने बताएका छन् ।

‘घाइते हुनुभएका वडा सचिव नवीन भुसाल तथा शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,’ उनले भनेका छन्, ‘नेपाल राष्ट्रसेवक कर्मचारीहरू अनवरत रुपमा कार्यसम्पादनको सिलसिलामा एकाध जनप्रतिनिधी तथा केही सेवाग्राहीहरूद्वारा हुने शारीरिक तथा मानसिक यातनाविरुद्ध हामी सबै एकजुट हुन जरुरी ठानेका छौं ।’ 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परराष्ट्रमन्त्री साउद कतारको दोहा प्रस्थान
परराष्ट्रमन्त्री साउद कतारको दोहा प्रस्थान
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
धवल शमशेरमाथि फौजदारी अभियोगमा अनुसन्धान
धवल शमशेरमाथि फौजदारी अभियोगमा अनुसन्धान
गण्डकी प्रदेशमा मङ्गलवार सार्वजनिक बिदा
गण्डकी प्रदेशमा मङ्गलवार सार्वजनिक बिदा
पाठ्यपुस्तक पर्याप्त छन्ः जनक शिक्षा प्रादेशिक कार्यालय
पाठ्यपुस्तक पर्याप्त छन्ः जनक शिक्षा प्रादेशिक कार्यालय
सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?
सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?
नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापानद्वारा थप ५ अर्ब ५० करोड ऋण सहयोग
नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापानद्वारा थप ५ अर्ब ५० करोड ऋण सहयोग
नेपाल प्रहरीको नवप्रवर्द्धनात्मक कार्य अन्तर्गत “नागरिक प्रहरी पुस्तकालय” को शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेपाल प्रहरीको नवप्रवर्द्धनात्मक कार्य अन्तर्गत “नागरिक प्रहरी पुस्तकालय” को शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न