बेलुनको गुच्छा पड्किँदा पोखरा महानगरका मेयर आचार्य घाइते

३ फागुन, पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन् । पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा मेयर आचार्य घाइते भएका हुन् ।

पोखरा भ्रमण वर्ष २०२५ को लोगो अनावरण गर्ने क्रममा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा उनी घाइते भएका हुन् । मेयर आचार्यलाई उपचारका लागि फिस्टेल अस्पताल लगिएको छ । मेयर आचार्यको घाँटीमा आगोले पोलेको छ ।




Post Comment