२७ जेष्ठ २०८२, सोमबार

दक्षिण कोरिया बन्दरगाह शहर आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्याे

 

३ फागुन,  सियोल । दक्षिण कोरियाको दक्षिणपूर्वी बन्दरगाह शहर बुसानमा शुक्रवार एक निर्माण स्थलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । साथै सात जना घाइते भएको धेरै सञ्चारमाध्यमहरूले जनाएका छन् ।

राजधानी सियोलबाट लगभग ३२५ किलोमिटर दक्षिणपूर्वमा रहेको बुसानमा रहेको एक होटल निर्माण स्थलमा आगलागी भएको थियो । निर्माण स्थलमा रहेका करिव १०० कामदारहरूलाई बाहिर निकालिएको थियो भने छतमा भागेका १४ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

पहिलो तल्लामा रहेको स्विमिङ पुल नजिकै इन्सुलेशन सामग्री लोड गरिएको कारणले आगलागी सुरु भएको बताइएको छ । अग्नि नियन्त्रण अधिकारीहरूले १२७ दमकल इन्जिन र ३५२ दमकलकर्मीहरूलाई घटनास्थलमा पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?