मधेश सरकारले मनाएन संविधान दिवस

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ३, २०८०
|
|
५३ पटक हेरिएको
Shares
मधेश सरकारले मनाएन संविधान दिवस

सारांश

  • मुलुकमा संविधान दिवस उत्साहपूर्वक मनाइँदै छ ।
  • संघीय सरकारलगायत मूलधारका विभिन्न पार्टीहरुलेसंविधान जारी भएको आजको दिनलाई भव्य रुपमा मनाइरहेका छन् ।
  • तर, मधेस प्रदेश सरकार भने आजको दिन मौन छ ।

३ असोज, जनकपुरधाम । मुलुकमा संविधान दिवस उत्साहपूर्वक मनाइँदै छ । संघीय सरकारलगायत मूलधारका विभिन्न पार्टीहरुलेसंविधान जारी भएको आजको दिनलाई भव्य रुपमा मनाइरहेका छन् । तर, मधेस प्रदेश सरकार भने आजको दिन मौन छ ।

मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टीले केही वर्षअघिसम्म आजको दिनलाई कालो दिनको रुपमा मनाउँदै आएको थियो । तर यसपटक भने संविधान दिवस कालो दिन मनाउने कि नमनाउने विषयमा पनि उनीहरु अन्यौलमा भए । त्यसैले, उनीहरु चुपचाप छन् । चाडवाड या अन्य अवसरमा विज्ञप्ति प्रकाशन गर्न वा शुभकामना दिन ढिलाइ नगर्ने मधेस सरकारले संविधान दिवसको विषयमा कुनै धारणा व्यक्त गरेको छैन । न त मनाउने, न विरोध नगर्ने नीति अँगालेको देखिन्छ ।

स्मरण रहोस्, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संविधान दिवसको सामान्य शुभकामनासमेत दिएका छैनन् । बरु मुख्यमन्त्री यादवले आज बिहानैदेखि मोबाइल स्विच अफ गरेर राखेका छन् । यसबारे धारणा बुझ्न उनका प्रेस सल्लाहकार सिताराम अग्रहरिलाई पटक–पटक फोन गर्दा उनले पनि फोन उठाएनन् । उता, मधेस सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री संजयकुमार यादवले समेत फोन उठाएनन् । यादव पनि जसपाबाटै मन्त्री बनेका हुन् । त्यसो त, जसपाबाट मधेस प्रदेश सरकारको नेतृत्व गर्ने यिनीहरु मात्रै मौन छैनन्, जसपाका शीर्ष नेताहरु पनि संविधान दिवसको विषयमा मौन छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवको समेत यस विषयमा कुनै धारणा आएको छैन ।

प्रदेश सरकारमै सहभागी लोकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेश दलका नेता अभिराम शर्मासंग यसबारे धारणा बुझ्न सम्पर्क गर्दा उनी पनि सम्पर्कमा आउन चाहेनन् । महन्थ ठाकुर नेतृत्वको यो पार्टीका शीर्ष नेताहरुसमेत संविधान दिवसको विषयमा मौन छन् ।  यद्यपि, महन्थ ठाकुर नामक् एक फेसबुक पेजमार्फत् संविधानको विरोध गरिएको छ ।जसमा लेखिएको छ, ‘विभेदकारी संविधान जहिलेसम्म अपूर्ण रहन्छ । मधेसी, जनजाति, थारुको हक अधिकार सुनिश्चित हुँदैन । तबसम्म यो संविधानको विरोधमा प्रदर्शन गर्नेछु…।’

यस्तै, लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीको पनि संविधानको विषयमा स्पष्ट धारणा आएको छैन । उनी अहिले प्रचण्ड नेतृत्व सरकारमा श्रम तथा रोजगार मन्त्री छन् ।त्यस्तै, सोही पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पनि संविधान दिवसका दिन मुख खोलेका छैनन् ।  संविधान जारी भईरहँदा अधिकारको लागि आन्दोलनको क्रममा प्रदर्शन गरिरहँदा दर्जनौँ मधेसीहरुको मृत्यु भएको थियो । तर, तिनकोबारे संविधान दिवसमा मधेसी नेता चुपचाप छन् ।धनुषा क्षिरेश्वरनाथ नगरपालिका–२ का उमेश यादव भन्छन्,–‘मधेसमा कुनै मधेसवादी दल नै रहेन ।’

यता, सत्ता बाहिर रहेका तराई मधेस लोकतान्त्रिक पार्टीले भने संविधानको विरोध गरेको छ । पार्टीका शीर्ष नेतासहित कार्यकर्ताहरुले जनकपुरधाममा कालो झण्डा प्रदर्शन गर्दै संविधान दिवसलाई कालो दिनकै रुपमा मनाएका छन् । मधेसवादी दलहरु सत्ता र सरकार बाहिर रहँदा मात्रै संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने गरेको सर्वसाधारणको आरोप छ । एमाले मधेस प्रदेश दलका नेता सरोजकुमार यादव भन्छन्,–‘मधेसवादी दलका नेताहरु दोहोरो चरित्रका छन् । संविधानलाई नमान्ने तर सोही संविधानलाई आत्मसात् गर्दै सुखभोग गर्ने । यो कस्तो नीति ? उनीहरुले संविधानलाई आत्मसात् गर्दै संविधान दिवस मनाउनुपर्ने हो ।’

संविधानलाई स्वीकार पनि नगर्ने र हिजोसम्म कालो दिन मनाउँदै आएको पार्टीले आज कालो दिनसमेत नमनाएर मौन बस्नु नै राजनीतिक दलको दोहोरो नीति रहेको राजनीतिक विश्लेषक तुलानारायण साह बताउँछन् ।  साह भन्छन्,‘यो दुईधारे राजनीति हो । वैचारिक रुपमा उनीहरु स्पष्ट छैनन् । सत्तामा बसेर संविधानको विरोध कसरी गरुन् । यसैलाई भनिन्छ डबल स्टान्डर्ड ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आज कुन विदेशी मुद्राको भाउ कति ?
आज कुन विदेशी मुद्राको भाउ कति ?
बालुवाटारमा प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको छलफल
बालुवाटारमा प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको छलफल
भैंसेपाटीस्थित मन्त्री क्वाटरको पश्चिमतर्फ ११ मिटर बाटो सुनिश्चित गर्न रास्वपाको माग
भैंसेपाटीस्थित मन्त्री क्वाटरको पश्चिमतर्फ ११ मिटर बाटो सुनिश्चित गर्न रास्वपाको माग
सूर्यदर्शन सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न पोखरा पुग्यो सिआइबीको टोली
सूर्यदर्शन सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न पोखरा पुग्यो सिआइबीको टोली
विशेष अदालतको फैसला– दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा र खनाल भ्रष्टाचारी ठहर
विशेष अदालतको फैसला– दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा र खनाल भ्रष्टाचारी ठहर
कृषिमा व्यक्तिगत अनुदान रोक्न प्रधानमन्त्रीओलीको निर्देशन
कृषिमा व्यक्तिगत अनुदान रोक्न प्रधानमन्त्रीओलीको निर्देशन
बाजुरा थप निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय ७० मतले अग्र पंक्तिमा
बाजुरा थप निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय ७० मतले अग्र पंक्तिमा
स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै बजेट बढाउनुपर्छ: स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै बजेट बढाउनुपर्छ: स्वास्थ्यमन्त्री पौडेल
ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरे देश बन्दैन: प्रभु साह
ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरे देश बन्दैन: प्रभु साह
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...