भारत भ्रमण उपलब्धिमुलक भयो : उर्जामन्त्री खड्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २, २०८१
|
|
२१ पटक हेरिएको
Shares
भारत भ्रमण उपलब्धिमुलक भयो : उर्जामन्त्री खड्का

सारांश

  • ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिएर स्वदेश फर्किएका मन्त्री खड्काले बिहीवार साँझ त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै आफ्नो भ्रमणका क्रममा द्विपक्षीय हितका थुप्रै परियोजनाहरूबारे छलफल भएको बताए ।
  • उनले नेपालले टनकपुर बाँधबाट महाकाली नदीको पानी चाँडै पाउने बताए ।
  • टनकपुर बाँधमा चाँडै पानी छोड्ने विषयमा सहमति भएको भन्दै अब उक्त बाँधबाट सुविधा लिने समय आएको बताए ।

 

काठमाडौँ — उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो भारत भ्रमण उपलब्धिमुलक भएको बताएका छन् । ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिएर स्वदेश फर्किएका मन्त्री खड्काले बिहीवार साँझ त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै आफ्नो भ्रमणका क्रममा द्विपक्षीय हितका थुप्रै परियोजनाहरूबारे छलफल भएको बताए । उनले नेपालले टनकपुर बाँधबाट महाकाली नदीको पानी चाँडै पाउने बताए ।

टनकपुर बाँधमा चाँडै पानी छोड्ने विषयमा सहमति भएको भन्दै अब उक्त बाँधबाट सुविधा लिने समय आएको बताए । मन्त्री खड्काले सिंचाईतर्फ पञ्चेश्वर परियोजनालाई अगाडि बढाउनेबारेमा अन्तिम टुंगो लगाउन छलफल भएको बताए । उनले कोशीको विषयमा पनि केही छलफल भएको बताए । ‘सिंचाईतर्फ हाम्रा ठूला आयोजनाहरु पञ्चेश्वरलाई अगाडि बढाउने गरी छलफल भयो र एक हिसावको सहमति अगाडि बढेको छ । अब चाँडै प्रधानमन्त्रीहरुको बैठकमा अन्तिम टुंगो लाग्ने हिसावले हाम्रो छलफल भएको छ ।

 

कोशीको विषयमा पनि केही छलफल भएका छन्,’ मन्त्री खड्काले भने, ‘टनकपुरमा छोड्नुपर्ने अहिलेसम्म सहमति भएको, वर्षअघि नै निर्माण भइसकेको तर पानी नछोडिएको अवस्थालाई चाँडै नै पानी छोड्ने सहमति भएको छ । दुई देशबीचमा सिंचाईतर्फ पनि बैठक हुन नसकेको लामो समय भयो । अब आउने २२-२४ तारिकमा नै मिटिङ हुनेगरीको एक खालको सहमति भएर दुवै देशका मन्त्रीका बीचमा सफलतापूर्वक बैठक भयो ।’

मन्त्री खड्काले अन्तरदेशीय ट्रान्समिसन लाइनको विषयमा समेत छलफल भएको बताए । ‘हामीले २८ हजार ५ सयको जुन लक्ष्य लिएका थियौँ, विदेशमा विक्री गर्नुपर्ने १० हजार मेगावाट र भारत, बंगलदादेशमा पनि ५ हजार भन्दा बढी बिक्री गर्नुपर्ने जुन खालको हाम्रो योजना छ । मन्त्रिपरिषद्बाट निर्णय भएर मुलुकले जुन योजना अघि सारेको छ, त्यसअन्तर्गत हामीले १७ देखि १८ हजार अबका १० वर्षमा भारत हुँदै बंगलादेशसम्म जाने प्रशारण लाइन निर्माण हुनेगरीको निर्णय भएको छ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
नेपाल बार एशोसिएशनको २७औंँ केन्द्रीय कार्यसमितिका लागि मतदान सुरु
नेपाल बार एशोसिएशनको २७औंँ केन्द्रीय कार्यसमितिका लागि मतदान सुरु
नवलपरासी कारागारमा फर्किए १९ जना कैदी
नवलपरासी कारागारमा फर्किए १९ जना कैदी
रवि लामिछानेको प्रश्न : हामी सांसदले भनेका कुरा त यो सरकारले सुन्दैन भने जनताले भनेको के सुन्छ ?
रवि लामिछानेको प्रश्न : हामी सांसदले भनेका कुरा त यो सरकारले सुन्दैन भने जनताले भनेको के सुन्छ ?
हाइड्रोपावरबिरुद्ध जुगल गाउँपालिका पुग्यो अख्तियारमा
हाइड्रोपावरबिरुद्ध जुगल गाउँपालिका पुग्यो अख्तियारमा
असाम प्रदेशसँग जारी टी–२० सिरिजमा आज नेपाल ‘ए’ चौथो प्रतिस्पर्धा गर्दै
असाम प्रदेशसँग जारी टी–२० सिरिजमा आज नेपाल ‘ए’ चौथो प्रतिस्पर्धा गर्दै
जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने सरकारको निर्णय
जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने सरकारको निर्णय
जनकपुरले टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै
जनकपुरले टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै
पाल्पा जाँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो
पाल्पा जाँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो
मकवानपुरमा चट्याङ लागेर १ जनाको मृत्यु
मकवानपुरमा चट्याङ लागेर १ जनाको मृत्यु