२६ जेष्ठ २०८२, आईतवार

बकैयामा खोरभन्ज्याङमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु

प्रमोद सहनी

३ असोज, मकवानपुर। मकवानपुरको बकैयामा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अर्का एक नजा घाइते भयेका छन् ।

बकैया गाउँपालिका वडा नम्बर–१२ खोरभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा स्थानिय ६८ वर्षकी ठुलिमाया न्यासुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मोटरसाइकल चालक मृतकका छोरा ३२ वर्षका राजकुमार न्यासुरको अवस्था भने सामान्य रहेको छ । दुर्घटनामा गम्भिर घाईते भएकी ठुलिमायाको हेटौंडा अस्पताल उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जितपुर भन्ज्याङबाट चपकी खानी जाने भित्रि कच्चि सडकमा ना ५१ प ५०४१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई रोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?