मकवानपुरबाट अफिम र गाँजासहित चारजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ३०, २०८१
|
|
४७ पटक हेरिएको
Shares
मकवानपुरबाट अफिम र गाँजासहित चारजना पक्राउ

सारांश

  • मकवानपुर प्रहरीले लागुऔषध अफिम र गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।
  • अफिमसहित दुईजना र गाँजासहित अन्य दुई जनालाई पक्राउ गरिएको हो ।
  • जिल्लाको राक्सिराङ गाउँपालिका– ५ बोटबारीनजिक हिँडिरहेका दुई युवालाई खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट दुई किलोग्राम १४० ग्राम अफिम फेला पारेको हो ।

३० माघ,  हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषध अफिम र गाँजासहित चार जनालाई पक्राउ गरेको छ । अफिमसहित दुईजना र गाँजासहित अन्य दुई जनालाई पक्राउ गरिएको हो । जिल्लाको राक्सिराङ गाउँपालिका– ५ बोटबारीनजिक हिँडिरहेका दुई युवालाई खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट दुई किलोग्राम १४० ग्राम अफिम फेला पारेको हो ।

पक्राउ पर्नेमा बाराको कलैया- ४ का दीपक साह र सिम्रौनगढ- ४ का शशी मुखिया रहेका छन् । उनीहरूलाई प्लाष्टिकले बेरेर राखेको अफिमसहित इलाका प्रहरी कार्यालय मनहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

यसैगरी सोही स्थानमा तीन केजी २०० ग्राम लागुओषध गाँजासहित दुईजना पक्राउ परेका छन् । मनहरी- ७ का रबिन तामाङ र बलारम थिङलाई बाप्र ३–००५ प ९९२२ नम्बरको मोटरसाइकलमा लुकाइ ल्याएको उक्त गाँजासहित पक्राउ गरिएको प्रवक्ता अर्यालले जानकारी दिए । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगरमा विद्यार्थीले लगाए योजना आयोगको गाडीमा आगो
विराटनगरमा विद्यार्थीले लगाए योजना आयोगको गाडीमा आगो
बलात्कारको मुद्दा रोक्न युवतीलाई ३ लाख दिएको राजेश अहिराजको स्वीकारोक्ति (बयानको पूर्णपाठ)
बलात्कारको मुद्दा रोक्न युवतीलाई ३ लाख दिएको राजेश अहिराजको स्वीकारोक्ति (बयानको पूर्णपाठ)
आजको मौसम: तापक्रम क्रमश घट्दो
आजको मौसम: तापक्रम क्रमश घट्दो
धनुषामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला
धनुषामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला
प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित
प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित
काठमाडौं उपत्यकाका १०८ जना घुमुवा प्रहरी हटाइयो
काठमाडौं उपत्यकाका १०८ जना घुमुवा प्रहरी हटाइयो
राष्ट्र बैंकमा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक समिति सदस्यको कार्यकाल अब ३ वर्ष मात्रै
राष्ट्र बैंकमा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक समिति सदस्यको कार्यकाल अब ३ वर्ष मात्रै
प्राधिकरणले थाल्यो भारत विद्युत निर्यात
प्राधिकरणले थाल्यो भारत विद्युत निर्यात
मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक, प्रधानमन्त्रीको भ्रमणदेखि नियुक्तिसम्म (निर्णयसहित)
मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक, प्रधानमन्त्रीको भ्रमणदेखि नियुक्तिसम्म (निर्णयसहित)
सर्लाहीमा कांग्रेस सभापति गगन थापाको भव्य स्वागत
सर्लाहीमा कांग्रेस सभापति गगन थापाको भव्य स्वागत
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...