मकवानपुरबाट अफिम र गाँजासहित चारजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ३०, २०८१
|
|
३१ पटक हेरिएको
Shares
मकवानपुरबाट अफिम र गाँजासहित चारजना पक्राउ

सारांश

  • मकवानपुर प्रहरीले लागुऔषध अफिम र गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।
  • अफिमसहित दुईजना र गाँजासहित अन्य दुई जनालाई पक्राउ गरिएको हो ।
  • जिल्लाको राक्सिराङ गाउँपालिका– ५ बोटबारीनजिक हिँडिरहेका दुई युवालाई खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट दुई किलोग्राम १४० ग्राम अफिम फेला पारेको हो ।

३० माघ,  हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषध अफिम र गाँजासहित चार जनालाई पक्राउ गरेको छ । अफिमसहित दुईजना र गाँजासहित अन्य दुई जनालाई पक्राउ गरिएको हो । जिल्लाको राक्सिराङ गाउँपालिका– ५ बोटबारीनजिक हिँडिरहेका दुई युवालाई खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट दुई किलोग्राम १४० ग्राम अफिम फेला पारेको हो ।

पक्राउ पर्नेमा बाराको कलैया- ४ का दीपक साह र सिम्रौनगढ- ४ का शशी मुखिया रहेका छन् । उनीहरूलाई प्लाष्टिकले बेरेर राखेको अफिमसहित इलाका प्रहरी कार्यालय मनहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

यसैगरी सोही स्थानमा तीन केजी २०० ग्राम लागुओषध गाँजासहित दुईजना पक्राउ परेका छन् । मनहरी- ७ का रबिन तामाङ र बलारम थिङलाई बाप्र ३–००५ प ९९२२ नम्बरको मोटरसाइकलमा लुकाइ ल्याएको उक्त गाँजासहित पक्राउ गरिएको प्रवक्ता अर्यालले जानकारी दिए । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरूलाई आयोगको निर्देशन
फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरूलाई आयोगको निर्देशन
बालेन र सुदनविरुद्ध सिरहा प्रहरीमा पनि जाहेरी
बालेन र सुदनविरुद्ध सिरहा प्रहरीमा पनि जाहेरी
जलस्रोतको उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न जलस्रोतसम्बन्धी विधेयक आवश्यक परेको होः मन्त्री खड्का
जलस्रोतको उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न जलस्रोतसम्बन्धी विधेयक आवश्यक परेको होः मन्त्री खड्का
मानव स्रोत विकास परियोजना कार्यान्वयन गर्न जापानले नेपाललाई दियो ५३ करोड ७० लाख अनुदान
मानव स्रोत विकास परियोजना कार्यान्वयन गर्न जापानले नेपाललाई दियो ५३ करोड ७० लाख अनुदान
भगौडा बर्गको पक्षपोषण गर्दै छन् सरकार : प्रभु साह
भगौडा बर्गको पक्षपोषण गर्दै छन् सरकार : प्रभु साह
नक्कली प्रहरी बनेर एक लाख असुल्ने दुई पक्राउ
नक्कली प्रहरी बनेर एक लाख असुल्ने दुई पक्राउ
कालिकोटमा ३.६ म्याग्निच्युडको भूकम्प
कालिकोटमा ३.६ म्याग्निच्युडको भूकम्प
मलंगवाका सडकमै बालुवा–गिट्टीको डिपो
मलंगवाका सडकमै बालुवा–गिट्टीको डिपो
हेटौंडामा ट्रामाडोल क्याप्सुलसहित पाँच जना पक्राउ
हेटौंडामा ट्रामाडोल क्याप्सुलसहित पाँच जना पक्राउ
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द हुने
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द हुने