कैलालीमा चितुवाको छालासहित एक युवक पक्राउ
२९ माघ, नगढी । कैलालीमा चितुवाको छालासहित एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटीको बोगटान गाउँपालिका-३ मेल्टा बस्ने २६ वर्षीय नरेश साउँद रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए । उनकाअनुसार साउँदलाई सोमबार दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ठ नायव निरीक्षक बासुदेव अवस्थी नेतृत्वको टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment