२६ जेष्ठ २०८२, आईतवार

थाइल्याण्डविरूद्ध नेपालले बलिङ गर्दै, रचना चौधरीको डेब्यू

२२ माघ, काठमाडौं ।

काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो चौथो खेलमा नेपालले थाइल्याण्डसँग खेल्दै छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केहीबेरमा सुरू हुने खेलमा नेपालले पहिले बलिङ गर्दै छ । थाइल्याण्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन् ।

नेपालले आज युवा बलर रचना कुमारी चौधरीलाई डेब्यू दिएको छ । चोटका कारण कविता कुँवर टिमबाट बाहिर भएपछि उनको ठाउँमा शृंखलाकै लागि रचना कुमारी चौधरी टिममा आएकी थिइन् । रचनाले नेपालको यू-१९ टोलीबाट महिला विश्‍वकप खेलेकी थिइन् ।

त्यसैगरी आज सिता राना मगर पनि बाहिर छिन् । उनको ठाउँमा रोमा थापा टिममा आएकी छन् । उनी शृंखलामा पहिलोपटक खेल्दै छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित भएको थियो । आजको खेल नेपाललाई जित्नैपर्ने दबाब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment