भारतीय धार्मिक समारोहमा प्लेटफर्म भत्किँदा ५ जनाको मृत्यु, ४० जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ १५, २०८१
|
|
३५ पटक हेरिएको
Shares
भारतीय धार्मिक समारोहमा प्लेटफर्म भत्किँदा ५ जनाको मृत्यु, ४० जना घाइते

सारांश

  • अन्य ४० जना घाइते भएको एक अधिकारीले बताएका छन् ।
  • यो घटना राजधानी नयाँदिल्लीको उत्तरमा रहेको बागपत जिल्लामा भएको हो ।
  • त्यहाँ जहाँ जैन धर्मका सयौं भक्तजन मिठाई चढाउन एक मन्दिरमा भेला भएका थिए ।

उत्तरी भारतमा मङ्गलबार धार्मिक जमघटका क्रममा काठको प्लेटफर्म भत्किँदा कम्तीमा पाँच भक्तजनको मृत्यु भएको छ । अन्य ४० जना घाइते भएको एक अधिकारीले बताएका छन् । यो घटना राजधानी नयाँदिल्लीको उत्तरमा रहेको बागपत जिल्लामा भएको हो ।

त्यहाँ जहाँ जैन धर्मका सयौं भक्तजन मिठाई चढाउन एक मन्दिरमा भेला भएका थिए ।’एउटा काठको संरचना भत्किँदा पाँच जनाको मृत्यु भएको छ,’ जिल्ला प्रशासक अस्मिता लालले भनिन्, ‘अन्य ४० जना घाइते भएका छन्, तीमध्ये २० जनालाई प्राथमिक उपचारपछि घर पठाइएको छ ।’ जैन देवता आदिनाथको मोक्षको स्मरणमा हरेक वर्ष यस पर्वको अवसरमा यो प्लेटफर्म निर्माण गरिने एनडिटीभी समाचार नेटवर्कले जनाएको छ । ‘पुजारीहरू लड्डु (मिठाई) चढाउन गएका थिए र प्लेटफर्म त्यसमाथि रहेका सयौं भक्तजनसहित भत्कियो,’ भक्तजनमध्ये एक राकेश जैनले भने । भीड व्यवस्थापन र सुरक्षा कमजोरीका कारण प्रमुख धार्मिक पर्वहरूको समयमा भारतका पूजा स्थलहरूमा घातक दुर्घटनाहरू सामान्य छन् ।
गत वर्ष उत्तर प्रदेश राज्यमा एक धार्मिक प्रवचनको अन्त्यमा भएको भागदौडमा १२१ जनाको मृत्यु भएको थियो । अर्को घटनामा सन् २०१६ मा दक्षिणी केरल राज्यको एक मन्दिरमा हिन्दू नयाँ वर्षको अवसरमा प्रतिबन्धित आतसबाजी प्रदर्शनका कारण भएको विशाल विस्फोटमा ११२ जनाको मृत्यु भएको थियो । मङ्गलबारको दुर्घटना नजिकैको सहर प्रयागराजमा आयोजित प्रार्थना र अनुष्ठान स्नानको हिन्दू पर्व कुम्भ मेलामा लाखौं भक्तजन सहभागी भइरहेका बेला भएको हो । जैन धर्म भारतको एक प्राचीन धर्म हो । यो धर्मलाई भारतको एक अर्ब २५ करोड जनसङ्ख्याको एक प्रतिशतभन्दा कम मानिसले मान्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशमा रहेका नेपालीलाई पुनर्निर्माण कोषमा सहयोग गर्न अनुरोध
विदेशमा रहेका नेपालीलाई पुनर्निर्माण कोषमा सहयोग गर्न अनुरोध
थाइल्यान्डमा सुरक्षा विमान दुर्घटना, ६ जनाको मृत्यु
थाइल्यान्डमा सुरक्षा विमान दुर्घटना, ६ जनाको मृत्यु
संघीय संसदका दुई समितिका सभापतिहरूले लिए शपथ
संघीय संसदका दुई समितिका सभापतिहरूले लिए शपथ
रविविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी
रविविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी
देशभर पानी पर्ने, चार प्रदेशमा भारी’ वर्षाको सम्भावना
देशभर पानी पर्ने, चार प्रदेशमा भारी’ वर्षाको सम्भावना
वीरगञ्जका ११ ठाउँबाट पानीको नमूना संकलन, प्रयोगशालाको रिपोर्ट आज आउने
वीरगञ्जका ११ ठाउँबाट पानीको नमूना संकलन, प्रयोगशालाको रिपोर्ट आज आउने
एकताबद्ध भएर संकल्पका साथ अगाडि जाँदा राष्ट्रको स्वाधिनता रक्षा गर्न सकिन्छ : प्रचण्ड
एकताबद्ध भएर संकल्पका साथ अगाडि जाँदा राष्ट्रको स्वाधिनता रक्षा गर्न सकिन्छ : प्रचण्ड
घोषित मितिमा निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको अपिल
घोषित मितिमा निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको अपिल
जेनजी आन्दोलनले नेपाल प्रहरीमा भौतिक र मानसिक असर पारेको छ : गृहमन्त्री अर्याल
जेनजी आन्दोलनले नेपाल प्रहरीमा भौतिक र मानसिक असर पारेको छ : गृहमन्त्री अर्याल
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल