जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ १३, २०८१
|
|
३५ पटक हेरिएको
Shares
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सारांश

  • बझाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • छबिसपाथिभेरा गाउँपालिका-१ बस्ने २४ वर्षीय धर्मराज गिरीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।
  • गिरीले ती किशोरीलाई माघ १२ गते शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलिले उनलाई शनिबार राति नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी किशोर जोशीले बताए।

१३ माघ, बझाङ । बझाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। छबिसपाथिभेरा गाउँपालिका-१ बस्ने २४ वर्षीय धर्मराज गिरीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

गिरीले ती किशोरीलाई माघ १२ गते शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलिले उनलाई शनिबार राति नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी किशोर जोशीले बताए।

आरोपित गिरीलाई जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको समेत जोशीले बताए। प्रहरीका अनुसार कैलालीको अत्तरियाबाट दिवा बसमा चढेर आएकी ती किशोरी काम विशेषले छबिसपाथिभेरा- १ भाँडेबगरमा उत्रिएकी थिइन्। साँझपख गाडी कुर्दै बसेकी ती किशोरीलाई गिरीले बाइकमा पुर्‍याइदिन्छु भन्दै जालेबगर लग‍ेर जबर्जस्तीकरणी गरेको आरोपपत्रमा उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गौतम
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गौतम
सांसद चौधरीको प्रश्न- गभर्नर नियुक्ति ऐनको धज्जी उडाएको कारबाही कसलाई गर्ने ?
सांसद चौधरीको प्रश्न- गभर्नर नियुक्ति ऐनको धज्जी उडाएको कारबाही कसलाई गर्ने ?
कर्णालीमा प्रत्यक्ष एक सिट जितेको रास्वपा समानुपातिकामा दोस्रो
कर्णालीमा प्रत्यक्ष एक सिट जितेको रास्वपा समानुपातिकामा दोस्रो
कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँ : रवि लामिछाने
कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँ : रवि लामिछाने
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव
बजेटमा दोहोरोपना छैन : प्रधानमन्त्री
बजेटमा दोहोरोपना छैन : प्रधानमन्त्री
आजको मौसम : कोशी प्रदेशको पहाडी भू–भागमा वर्षाको सम्भावना
आजको मौसम : कोशी प्रदेशको पहाडी भू–भागमा वर्षाको सम्भावना
भारतीय पत्रकारको भिषा नविकरण गर्न चीनद्वारा अस्विकार
भारतीय पत्रकारको भिषा नविकरण गर्न चीनद्वारा अस्विकार
सर्लाहीसहित देशका केही ठाउँमा तेज वर्षा
सर्लाहीसहित देशका केही ठाउँमा तेज वर्षा
आजकाे माैसम : पहाडमा आंशिक बदली, तराई–उपत्यकामा हुस्सु
आजकाे माैसम : पहाडमा आंशिक बदली, तराई–उपत्यकामा हुस्सु