११ श्रावण २०८२, शनिबार

कांग्रेस संसदीय दलको बैठक सुरु

 

१३ माघ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल हुने बताइएको छ । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठक दुई दिन चल्नेछ ।

सरकारले ल्याएका अध्यादेशमाथि छलफल, आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर, विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरूमाथि समेत छलफल गर्न दलको बैठक बोलाइएको घिमिरेले बताए । आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् । संसद् अधिवेशन बोलाउन सिफारिस गर्नु केही दिनअघि सरकारले ६ अध्यादेश ल्याएको थियो ।

ती अध्यादेश पनि राष्ट्रपतिबाट जारी भइसकेका छन् । संसद् अधिवेशन छलेर सरकारले अध्यादेश ल्याएको भन्दै कांग्रेस वृत्तबाटसमेत आलोचना भइरहेको छ । पार्टीका प्रभावशाली नेताहरूले समेत अध्यादेश ल्याउने सरकारको कदमलाई गलत भन्दै सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला शनिबार पार्टीको शीर्ष नेतृत्वले मन्त्रीहरूसँग छलफल गरेको थियो । छलफलमा सहभागी हुँदै सभापति शेरबहादुर देउवाले अध्यादेशको पक्षमा एकढिक्का हुन सबैलाई निर्देशनसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?