कांग्रेस संसदीय दलको बैठक सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ १३, २०८१
|
|
२९ पटक हेरिएको
Shares
कांग्रेस संसदीय दलको बैठक सुरु

सारांश

  • नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।
  • नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल हुने बताइएको छ ।
  • कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठक दुई दिन चल्नेछ ।

१३ माघ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल हुने बताइएको छ । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठक दुई दिन चल्नेछ ।

सरकारले ल्याएका अध्यादेशमाथि छलफल, आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर, विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरूमाथि समेत छलफल गर्न दलको बैठक बोलाइएको घिमिरेले बताए । आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् । संसद् अधिवेशन बोलाउन सिफारिस गर्नु केही दिनअघि सरकारले ६ अध्यादेश ल्याएको थियो ।

ती अध्यादेश पनि राष्ट्रपतिबाट जारी भइसकेका छन् । संसद् अधिवेशन छलेर सरकारले अध्यादेश ल्याएको भन्दै कांग्रेस वृत्तबाटसमेत आलोचना भइरहेको छ । पार्टीका प्रभावशाली नेताहरूले समेत अध्यादेश ल्याउने सरकारको कदमलाई गलत भन्दै सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला शनिबार पार्टीको शीर्ष नेतृत्वले मन्त्रीहरूसँग छलफल गरेको थियो । छलफलमा सहभागी हुँदै सभापति शेरबहादुर देउवाले अध्यादेशको पक्षमा एकढिक्का हुन सबैलाई निर्देशनसमेत दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नु बाध्यात्मक थियो : आयुक्त भण्डारी
तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नु बाध्यात्मक थियो : आयुक्त भण्डारी
प्रधानमन्त्रीबाट धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास
प्रधानमन्त्रीबाट धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास
सप्तरीमा ३३ सय किलो गाँजा बरामद
सप्तरीमा ३३ सय किलो गाँजा बरामद
नेपाल राष्ट्र बैंकले गर्‍यो चेक बाउन्स सम्बन्धि नयाँ व्यवस्था
नेपाल राष्ट्र बैंकले गर्‍यो चेक बाउन्स सम्बन्धि नयाँ व्यवस्था
सूर्यदर्शन सहकारीको छानबिनमा रवि लामिछानेले एक करोड ऋण लिएको पुष्टि
सूर्यदर्शन सहकारीको छानबिनमा रवि लामिछानेले एक करोड ऋण लिएको पुष्टि
धान रोपाइँमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म (तस्वीरहरू)
धान रोपाइँमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म (तस्वीरहरू)
धनुषाको औरही गाउँपालिकामा झडप, ७ सेल अश्रुग्यास प्रहार
धनुषाको औरही गाउँपालिकामा झडप, ७ सेल अश्रुग्यास प्रहार
चितवनमा सुनचाँदी पसलमा लुटपाट, ४ जना पक्राउ
चितवनमा सुनचाँदी पसलमा लुटपाट, ४ जना पक्राउ
कुलमानले पाएनन् अन्तरिम आदेश, हितेन्द्रदेवले निरन्तर काम गर्न पाउने
कुलमानले पाएनन् अन्तरिम आदेश, हितेन्द्रदेवले निरन्तर काम गर्न पाउने
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी