रूपन्देहीमा आजदेखि रवि लामिछानेको थुनछेक बहस

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ १०, २०८१
|
|
४० पटक हेरिएको
Shares
रूपन्देहीमा आजदेखि रवि लामिछानेको थुनछेक बहस

सारांश

  • रकम अपचलनमा प्रतिवादी बनाइएका पूर्वगृहमन्त्री तथा गोर्खा मिडिया नेतटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेको बुधबार बयान लिएर परिवारको जिम्मा लगाइएको थियो ।
  • न्यायाधीश प्रह्रादकुमार योगीले लामिछानेको बयान लिएका थिए ।
  • आज थुनछेक बहस हुने जिल्ला अदालत रुपन्देहीका वैतानिक वकिल कृष्णप्रसाद ढकालले जानकारी दिए ।

१० माघ,  रुपन्देहीको सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानको आज (बिहीबार)देखि थुनछेक बहस शुरू हुने भएको छ । रकम अपचलनमा प्रतिवादी बनाइएका पूर्वगृहमन्त्री तथा गोर्खा मिडिया नेतटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेको बुधबार बयान लिएर परिवारको जिम्मा लगाइएको थियो ।

न्यायाधीश प्रह्रादकुमार योगीले लामिछानेको बयान लिएका थिए । आज थुनछेक बहस हुने जिल्ला अदालत रुपन्देहीका वैतानिक वकिल कृष्णप्रसाद ढकालले जानकारी दिए ।  बहसपछि रविलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्नेमध्ये एउटा आदेश गर्नेछ । लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी गरेको आरोपमा गएको आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको थियो । सहकारी ठगीमा जाहेरी परेपछि अनुसन्धानको सिलसिलामा लामिछाने कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

पक्राउ परेको ८४ दिनपछि जिल्ला अदालत कास्कीले उनलाई पुस २५ गते धरौटीमा रिहा गरेको थियो । त्यसपछि काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका लामिछाने ३ दिन प्रहरी हिरासतमा बसेका थिए । काठमाडौंमा पनि उनी अदालतको आदेशअनुसार ६० लाख धरौटी तिरेर रिहा भएका थिए । लामिछानेसहित २२ जनाविरुद्ध एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको अभियोग छ । यसमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु राई (जीबी)लाई पनि विपक्षी बनाइएको छ ।

रुपन्देही अदालतमा दर्ता गरिएको अभियोगपत्रमा सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडियामा लगिएको उल्लेख छ । त्यसमध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी लामिछानेको नाममा ऋण लगिएको अभियोगपत्रमा दाबी गरिएको छ ।  पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा उनी ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला
खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला
यस्तो छ, मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत रोल्पाका बजिन्द्र मृत फेला
दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत रोल्पाका बजिन्द्र मृत फेला
सुनीताले बालेनलाई भनिन् – कोठामा बसेर आदेश दिन पाइँदैन
सुनीताले बालेनलाई भनिन् – कोठामा बसेर आदेश दिन पाइँदैन
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल
प्रधानमन्त्री चढेको हेलिकप्टरमा घाइतेको उद्धार
प्रधानमन्त्री चढेको हेलिकप्टरमा घाइतेको उद्धार
समस्याग्रस्त सहकारीको कर्जा अशुली गरी बचतकर्ताको रकम फिर्ताको घोषणा
समस्याग्रस्त सहकारीको कर्जा अशुली गरी बचतकर्ताको रकम फिर्ताको घोषणा
अर्थमन्त्रीद्वारा बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेस
अर्थमन्त्रीद्वारा बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेस
सूर्यदर्शन ठगी प्रकरण: रवि लामिछाने ६५ लाख धरौटीमा रिहा
सूर्यदर्शन ठगी प्रकरण: रवि लामिछाने ६५ लाख धरौटीमा रिहा
फागुन २१ मा निर्वाचन हुन्छ, उज्यालो नेपाल पार्टीले बहुमत ल्याउँछ : कुलमान घिसिङ
फागुन २१ मा निर्वाचन हुन्छ, उज्यालो नेपाल पार्टीले बहुमत ल्याउँछ : कुलमान घिसिङ