कोलकत्ता चिकित्सक बलात्कार–हत्या घटना : आरोपीलाई आजीवन कारावासको सजाय

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ ७, २०८१
|
|
३७ पटक हेरिएको
Shares
कोलकत्ता चिकित्सक बलात्कार–हत्या घटना : आरोपीलाई आजीवन कारावासको सजाय

सारांश

  • यसका साथै अदालतले रोयलाई पचास हजार रूपैयाँ जरिवानासमेत तोकेको छ।
  • जिल्ला एवं सत्र न्यायाधीश अनिरबन दासले घटनाका अभियुक्त रोयलाई जन्दकैदको सजाय सुनाएका हुन्।
  • अदालतले पीडित चिकित्सकको परिवारलाई राहतस्वरूप १७ लाख रूपैयाँ उपलब्ध गराउन राज्य सरकारलाई निर्देशन पनि दिएको छ।

काठमाडौँ- भारतको कोलकत्तास्थित के आरजी कर मेडिकल कलेज एवं अस्पतालमा चिकित्सकको बलात्कार–हत्याका मुख्य आरोपी सञ्जय रोयलाई जन्दकैदको सजाय सुनाइएको छ। यसका साथै अदालतले रोयलाई पचास हजार रूपैयाँ जरिवानासमेत तोकेको छ।

जिल्ला एवं सत्र न्यायाधीश अनिरबन दासले घटनाका अभियुक्त रोयलाई जन्दकैदको सजाय सुनाएका हुन्। अदालतले पीडित चिकित्सकको परिवारलाई राहतस्वरूप १७ लाख रूपैयाँ उपलब्ध गराउन राज्य सरकारलाई निर्देशन पनि दिएको छ। अदालतले आजीवन कारावासको सजाय सुनाए पनि रोयले भने आफू निर्दोष रहेको विनाकारण फसाइएको दाबी गरेका छन्। के आरजी कर कलेजकी प्रशिक्षार्थी महिला चिकित्सकको गत अगस्तमा सेमिनार कक्षमा बलात्कारपछि हत्या भएको थियो।

घटनापछि सरकारी अस्पतालका चिकित्सकहरूले थप सुरक्षाको माग गर्दै कोलकत्ता र भारतका अन्य ठाउँमा प्रदर्शन गरेका थिए। चिकित्सकलाई बलात्कारपछि हत्या गरेको आरोपमा रोयलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो। उनी सीसीटीभी फुटेजको आधारमा पक्राउ परेका थिए। अदालतले उनलाई गत शनिबार दोषी ठहर गरेको थियो। रोयविरूद्धको मुद्दामाथिको सुनुवाइ द्रूत गतिमा अघि बढाइएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौँडा-काठमाडौं जोड्ने सबै सडक अवरुद्ध
हेटौँडा-काठमाडौं जोड्ने सबै सडक अवरुद्ध
नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ
नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ
स्वास्थ्यमन्त्री बस्नेतद्वारा ‘पोइजन सूचना केन्द्र’ को उद्घाटन
स्वास्थ्यमन्त्री बस्नेतद्वारा ‘पोइजन सूचना केन्द्र’ को उद्घाटन
३२ अंकले घट्यो सेयर बजार, ९ अर्बको कारोबार
३२ अंकले घट्यो सेयर बजार, ९ अर्बको कारोबार
साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव
साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव
ठमेलमा प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ
ठमेलमा प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ
प्रहरीको बाक्लो उपस्थितिमा पाटन क्याम्पसमा मतदान जारी
प्रहरीको बाक्लो उपस्थितिमा पाटन क्याम्पसमा मतदान जारी
दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ : चौथो दिन २३ हजारभन्दा बढी सडक प्रयोगकर्ता लाभान्वित
दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ : चौथो दिन २३ हजारभन्दा बढी सडक प्रयोगकर्ता लाभान्वित
मधेशमा खानेपानीको सहज पहुँचका लागि महत्त्वपूर्ण काम हुँदैछ : मन्त्री यादव
मधेशमा खानेपानीको सहज पहुँचका लागि महत्त्वपूर्ण काम हुँदैछ : मन्त्री यादव
नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य
नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य