२६ जेष्ठ २०८२, आईतवार

पत्रकार यादवमाथि आक्रमण गर्ने नवल किशोर पक्राउ

पत्रकार यादवमाथि आक्रमण गर्ने नवल किशोर पक्राउ

जनकपुरधाम। माैसम झा

सिरहाको औरहीमा पत्रकार सन्तोष यादवमाथि सांघातिक आक्रमण गर्ने नवल किशोर यादव पक्राउ परेका छन् । चिया पिउने क्रममा पत्रकार यादवमाथि गाँजा काट्ने धारिलो हतियार प्रहार गर्ने प्रयास भएको थियो । घटनापछि नवल किशोर यादव र उनका भतिजा प्रभु यादवलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ । नवल किशोर यादवले सामाजिक संजालमा पत्रकार यादवको चरित्रहत्या गर्नेगरी अपशब्दहरु लेखेका थिए । सो विषयमा विवादपछि हातहालाहालको स्थित सृजना भएको थियो । स्थानीयले घटना शान्त पारिसकेको अबस्थामा नवल किशोर यादवका भतिजा प्रभु यादवले पत्रकार यादवको गर्दनमा धारिलो हतियार प्रहार गरेको बुझिएको छ । हतियार प्रहारबाट गर्दनमा हल्का घाउ लागेको छ । घटनापछि प्रहरीले नवल किशोर यादव र उनका भतिजालाई पक्राउ गरेपछि अबस्था सामान्य बनेको छ । नवल किशोर यादव चरित्रहीन व्यक्ति रहेको स्थानीय बताउँछन् । केहि पहिला गाउँमै एक व्यक्तिको घरमा रातिको समयमा गलत नियतले पसेपछि उनलाई गाउँलेले बाँधेर जरिवाना गरेको थियो । उनी सामाजिक संजालमा जथाभावी लेखेकै कारण पटक पटक विवादमा पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?